त्यस्तै, कपालमा नियमित बदाम र नरिवलको तेल लगाउन सकिन्छ । यसले कपाल फुल्ने मात्र नभएर रुखो हुने समस्याबाट समेत बच्न सकिन्छ । अमलाको रस निरन्तर कपालमा लगाएमा सेतो कपाल कालो हुन्छ ।कपालमा काँचो मेवा र कालो तिलको रस प्रयोग गर्न सकिन्छ ।साथै, कपाल स्वस्थ राख्न भिटामिन, मिनरल्स, फलाम आइरन, कपर प्राप्त हुने पोषणयुक्त खानेकुरा खानुपर्छ । जसका लागि माछा–मासु, ग्रिन टी, सागपात, गाँजर, मेवा, अंगुर आदि खान आवश्यक छ । (एजेन्सीको सहयोगमा )