म्याग्दीमा दुईदिन विद्युत आपूर्ती बन्द हुने

म्याग्दीमा दुईदिन विद्युत आपूर्ती बन्द हुने भएको छ । भोली चैत २ गते र ३ गते बिहानदेखि बेलुकासम्म बिद्युत आपूर्ति सेवा बन्द हुने भएको हो । नेपाल बिद्युत प्राधिकरण, म्याग्दी वितरण केन्द्रले जारीइ गरेको सूचनामा चैत २ गते बिहान ७ बजेदेखि चैत ३ गते साँझ ६ बजेसम्म बिद्याुत सेवा बन्द रहने जानकारी गराएको छ ।

नेपाल बिद्याुत प्राधिकरण मोदीखोला जल बिद्युत केन्द्रको स्विच यार्डमा हाल जडानमा रहेको १५ एम.भि.ए ट्रान्सफर्मरको स्थानमा ३० एम.भि.ए. पावर भएको ट्रान्सफर राख्न लागिएका कारण म्याग्दी, बागलुङ र पवर्त जिल्लामा लगातार २ दिन बिद्युत बन्द हुने भएको छ । विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले अन्य जिल्लामा सुचना जारी गरेपछि मात्रै सुचना जारी गरेको छ । दुईदिनसम्म आपूर्ती बन्द हुदाँ धेरै क्षेत्रमा प्रत्यक्ष असर पर्ने भएको भएपनि ट्रान्सफर्मर परिवर्तनको लागि बिद्युत बन्द नगरी काम नहुने भएकोले बाध्यताका कारण बिद्युत बन्द गरेर काम गर्नुपर्ने भएको केन्द्रले जनाएको छ ।