विप्लव समुहसंग डराउनु पर्दैन : प्रधानमन्त्री ओली

नेपाल नगरपालिका संघको स्थापना दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लुटपाट मच्चाउने अधिकार कसैलाई पनि नभएको बताउनु भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चन्दा आतंक मच्चाउने काम गरेको भन्दै कसैलाई पनि मुलुकमा शान्तीपुर्ण वातावरण खैलाबैला पार्ने अधिकार नभएको बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले विप्लव नेतृत्वको नेकपालाई लुटपाट मच्चाउँदै हिँड्ने लुटेराको संज्ञा दिदैँ उहाँले भन्नुभयो, लुटपाटमा सलग्न समुह संग डराउनु पर्दैन, सबैजना डुक्क भएर बस्न आह्वान समेत गर्नुभयो । राजनीतिमा आउने अधिकार सबैमा भएको भएपनि लुटपाट गर्दै हिड्ने अधिकार कसैलाई नभएको दाबी गर्नुभएको हो ।