नयाँ बर्षमा मोना स्पेनले भलिबल प्रतियोगिता गर्ने

म्याग्दी प्रवासी नेपाली संघ (मोना) स्पेनले नेपालीको नयाँ बर्या २०७६ सालको अवसरमा भलिबल प्रतियोगिता गर्ने भएको छ । स्पेनमा रहेका म्याग्देलीलाई एकताबद्ध तथा संस्थागत गतिविधिमा सक्रिय बनाउने उदेश्यले आगामी महिनाको अप्रिल ७ गते आइतबार शुभकामना आदानप्रदान सहित भलिबल प्रतियोगिता गरिने अध्यक्ष लक्ष्मण खत्रीले बताए ।  ‘प्रतियोगिताको तयारी सुरु भएको छ,‘प्रतियोगितालाई भब्य बनाउने प्रयासमा जुटेका छौ’ उनले भने।

प्रतियोगिताको अवसरमा स्पेनमा रहेका नेपालीहरुलाई समेत खेलमैदानमा अवलोकन सहित शुभकामना आदानप्रदानमा सहभागि हुन अनुरोध गरिएको छ ।  प्रतियोगितामा खेलकुद सहितका कार्यक्रम गरिने छ । भलिबल प्रतियोगितामा प्रथमले ५ सय ५ यूरो, द्धितियले ३०३ यूरो, ट्रफी, मेडल सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितालाई सफल बनाउन आवश्यक प्रचारप्रसारलाई तिब्रता दिइएको छ । मोना स्पेनले म्याग्दी जिल्लामा बाढीपहिलो पिडितलाई राहत सहित सामाजिक कार्यमा समेत सहयोग गरेको छ ।