बेनी नगरपालिका वडा नं ३ भकिम्लीका वडा अध्यक्ष पदम पुनले गाउँ जोड्ने सडकको स्तरउन्नतीमा स्थानीयसंगै जनश्रमदानमा खटिदैं । सदरमुकाम नजिक भएपनि जिल्लाकै जोखिम सडकमा पर्ने १७ किमीको बेनी–भकिम्ली सडकखण्ड अन्तरगत हल्लेगौडाको भिरमा नगरपालिकाको ३० लाख बजेट प्रयाप्त नभएपछि सडक फराकिलो बनाउने,घुम्ती सुधार,ग्रेड मिलाउन,ढलान गर्ने,तारजाली लगाएतमा आवश्यक थप बजेटका लागि स्थानीयले गरेको जनश्रमदानमा दैनिकजसो खटिने गरेका छन् ।

स्थानीय तहमा स्वतन्त्र प्यानलबाट विजय भएका पुनले गाउँमा सबै राजनीतिक दलसंग सहकार्य गरी विकासे गतिविधिलाई तिब्रता दिने गरेका छन् । उनका नेतृत्वमा जयन्ती मावि भकिम्लीमा ३ करोडको भवन सहितको संरचना सहित थुप्रै योजनामा जनश्रमदान जुटाउने गरेका छन् । तस्वीर बेनीअनलाइन