मोना कुवेतका अध्यक्षमा प्रेम बहादुर विश्वकर्मा

म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको प्रथम अधिवेशनबाट प्रेम बहादुर विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। कुवेतको फवार्नियास्थीत अडिटोरियममा सम्पन्न भएको अधिवेशनबाट महिला उपाध्यक्षमा आशा बस्याल, उपाध्यक्ष दीपक छन्त्याल, खिम गिरी, मान बहादुर फगामी, महासचिव चन्द्र विश्वकर्मा, सचिव शेर सुनार, सहसचिव तेजिन श्रेष्ठ, कोषाध्यक्ष कृष्ण बहादुर खड्का, सह कोषाध्यक्ष तुल बहादुर पुन रहेका छन् ।

समितिको सदस्यहरुमा अर्जुन शाही, खेम परिवार, झलक बरुवाल, चित्र बहादुर विश्वकर्मा, बाबुराम गौतम, लालु परियार, रबीन जुग्जाली, जस विश्वकर्मा, बिमल पुन, लोकेन्द्र फगामी र अमर कटुवाल रहेका छन् । मानार्थ सल्लाहकार ज्ञानेन्द्र शर्मा,सल्लाहकार नन्द बहादुर बरुवाल, रुपेन बिक्रम हमाल र तिकल भण्डारी रहेका छन्

अधिवेशनको नेपाली दुतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्माले उद्घाटन गदैं कुवेतमा रहेका नेपाली बीचको सहकार्य र एकताले समस्या समाधानमा सहज हुने बताए । कार्यक्रममा कुवेतमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको स्वागत बिमल पुन, सञ्चालन चन्द्र विश्वकर्मा र कृष्णप्रसाद खड्काले गरेका थिए । संस्था र कार्यक्रमको बारेमा सल्लाहकार तिलक भण्डारीले जानकारी गराएका थिए ।

अधिवेशनको अवसरमा जनजागति यूवा क्लवका अध्यक्ष टिकाराम आचार्य, नयाँ शक्ती नेपाल कुवेतका महासचिव जगनारायण थारु माझी। सु्दुरपश्चिमेली समाज कुवेतका अध्यक्ष अमर खड्का,आदीबासी जनजाति महासंघ कुवेतका महासचिव मन्जित चाम्लिङ राई, एनआरएनए कुवेतका अध्यक्ष सुमित्रादेबी पौडेल,उक्त कार्यक्रममा मोना अन्तराष्ट्रियले सुरु गरेको १ करोडको महिला तथा बालबालिका अक्षय कोष स्थापना गर्न मोना कुवेतमार्फत १ लाख सहयोग गर्ने घोषणा गरिएको अध्यक्ष प्रेम विश्वकर्माले बताए ।