नौमती बाजाको संरक्षणमा एकजुट हुँदै तनहुँका स्थानीयवासी

नेपाली कला संस्कृतिको झल्को दिने नौमती बाजाको प्रयोग कम हुँदै गएको छ । बाजा बजाउने कालीगढ अभाव र युवापुस्ताको बेवास्ताका कारण नौमती बाजा बिस्तारै लोप हुने अवस्थामा पुगेको हाे । तर, तनहुँको व्यास नगरपालिका वडा नं ३ का स्थानीयवासी भने बाजा संरक्षणमा एकजुट बनेर लागेका छन् ।

धेरै ठाउँमा हराउँदै गएको नौमती बाजा तनहूँको दमौलीमा भने हुने हरेक शुभकार्यमा बजाइन्छ । कला संस्कृतिको आकाशमा बेग्लै पहिचान बोकका यी बाजा उत्सव, मेला, पर्व, विवाह, व्रतवन्ध लगायतका विशेष कार्यमा यहाँका स्थानीय आफैले घन्काउने गर्छन् ।

नेपाली कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले यस्तो अभियान चलाइएको दमौली नौमती बाजा समुहका संयोजक मुमबहादुर वंशी ठकुरीले बताए । उनले भने, पुरुषहरुले मात्र बजाउने हुदाँ खास जनचाहना अनुसार नरहेको देखिएको कारण महिला हरुको सहभागिता रहेको छ ।

नौमति बाजा र पञ्चे बाजामा रमाईलाे हुने नौमति बाजा बञ्चाउने स्थानीय महिला सिमा शाहीले बताईन् । उनले भनिन्म, महिलाले पनि केही गर्न सकिन्छ । महिलाहरुले पनि नौमति बाजाबाट समाजलाई मनोरञ्जन दिन सक्दो रैछ भने महिलाको पनि नमुना देखाउन पञ्चे बाजा बजाउन सहभागिता रहेको बताईन् ।

त्यस्तै नौमती बाजा बजाउने स्थानीय महिला देविचन्द्र ठकुरीले आफुलाई रमाइलाे सँगै आम्दानी भएको बताईन् । यो एउटा नयाँ चलन फेसन भएकाे उनकाे धारणा रहेकाे थियाे ।

पञ्चेबाजाको ठूलो रुप मानिने नौमतिबाजामा ९ वटा बाजाहरु समावेश हुन्छन् । महिला र पुरुष मिलेर बाजा बजाउने गर्दछन् । महिलाहरुले समेत बाजा बजाउन थालेपछि आफुहरु निक्कै उत्साहित भएको स्थानीय शिवराज काफ्लेको भनाइ छ ।

सामाजिक रुपमा बाजा बजाउन कुशल मानिदै आएका दमाइ बाजा बजाउनेमा कम रहेका देखिन्छ । एउटा जातीविशेषको मात्र नभई सम्पूर्ण नेपालीहरुको बाजा भएकाले यसको संरक्षणमा सबैजना जुटेका छन् ।