गर्भवती हुनुको पहिलो सूचक महिनावारी रोकिनुलाई मानिन्छ । गर्भ रहेको केही हप्तापछि मात्रै महिनावारी रोकिने गर्छ ।

– गर्भधारण गरेको एक–दुई हप्तामै स्तनको टुप्पोमा कालो रङ देखा पर्ने गर्छ । त्यो हलुका दुख्ने पनि गर्छ ।

– महिला आफैँले गर्भ रहेको महसुस गर्न सक्छन् । यो प्रायः सत्य साबित हुन्छ ।

– गर्भ रहेको सुरुसुरुमा बान्ता हुने, थकान महसुस गर्नेजस्ता लक्षण देखा पर्छ ।

– गर्भाधान गरेपछि नयाँ अवस्थाको सामना गर्नुपर्ने भएकाले बिहानको समयमा ज्वरो आउने पनि हुन सक्छ ।

– गर्भ रहेको सुरुवाती समयमा करिब ८५ प्रतिशत महिलामा खाना नपच्ने, स्वाद मन नपर्ने तथा वाकवाकी लागिरहने हुन्छ ।

– गर्भ रहेपछि साबिकको भन्दा बढी पिसाब लागिरहने हुन्छ । यो रातको समयमा बढी हुन्छ ।

– गर्भावस्थामा रक्तचाप कम हुने भएकाले रिंगटा लाग्ने हुन्छ । गर्भ रहेको पहिलो तीन महिनामा रक्तचाप घटेर जान्छ ।

– यो वेला हर्मोनमा परिवर्तन हुने भएकाले स्वभावमा समेत परिवर्तन आउन सुरु गर्ने चिकित्सकहरूले बताएका छन् ।