उपल्लो मुस्ताङमा हिउँमै पुरिए चौरी (फोटो फिचर)

उपल्लो मुस्ताङको चरन क्षेत्रा अत्याधिक हिमपातका कारण ठूलो संख्यामा चौरीगाई र भेडाच्यांग्रा मरेका छन् । छिमेकी देश चिनसंग जोडिएको कोरला आसपासका गाउँमा बाख्लो हिमपातका कारण चरनक्षेत्र आसपासमै ५० भन्दा बढी चौरीगाई र भेडाच्याङ्ग्रा मरेको हुन् ।

लगातारको हिमपातसंगै चरनक्षेत्रमा पुरिएको अवस्थामा भेटिएको स्थानीयलाई उद्धित गर्दैं पेमा गुरूङले बताईन्।लोमान्थाङ, छोन्हुप, छोसरे लगाएत आसपासका चरनक्षेत्रमा पशुचौपाया परेको भएपनि पूर्ण तथ्याङ्क आउन नसकेको बताइएको छ । चौरी गाई मरेको चुङजुङ गाउँ नेपाल र चीनको नाका क्षेत्र हो ।अत्याधिक चिसोले पछिल्लो १५ दिनमा ५२ वटा चौरी गाई मरेको अवस्थामा भेटिएको छन् । हिमपातका कारण उपल्लो मुस्ताङमा रहेका भेडाच्याङ्ग्राको गोठमा समेत क्षती पुगेको छ ।

चाडपर्वमा जिल्ला बाहिर विक्री गर्ने तयारी अवस्थामा राखिएका भेडाच्याङ्ग्रालाई समेत हिउँमा पुरिएपछि स्थानीय चिन्तित भएका छन् । हिमपातले घरपालुवा संगै जंगली जनावरमा समेत क्षती पुगेको अनुमान गरिएको छ । हिमपातका कारण मुस्ताङ तथा छिमेकी जिल्ला र चिनको तिब्वत आसपासका क्षेत्रमा बसोबास गर्ने जंगली जनावरहरु पुरिएको अवस्थामा भेटिएका छन् । हिमपातका कारण जंगली जनावरको बासस्थान नै पुरिएपनि मरेका जंगली जनावरको आधिकारिक तथ्याङ्क सार्वजनिक भएका छैनन् ।

हिमपातका कारण सडक अवरुद्ध भएपछि उपल्लो मुस्ताङ जोड्ने सडक सञ्जाल समेत अवरुद्ध भएको छ । सञ्चार समेत सम्पर्क हुन नसक्ने अवस्थामा स्थानीयले पशुचौपायाको विवरण संकलन गरी सम्बन्धित निकायमा पु¥याउन सकेका छैनन् ।
चरन क्षेत्रमा छोडिएका याकहरू गोठसम्म फर्किने अवस्था नभएकाले पनि तत्काल कृषकले पशुचौपाया आवतजावत गर्न मिल्ने ट्याक खोल्ने तयारी गरेका छन् । एउटा चौरी गाईको मूल्य ५० हजारदेखि १० हजार रुपैयाँसम्म पर्छ । चौरीको आलो रगत तथा मासुका लागि स्थानीयले बिक्री गर्ने गरेका छन् ।

मुस्ताङ चौरीपालनका लागि आर्कषक मानिन्छ । तल्लो देखि उपल्लो मुस्ताङसम्म चौरीपालन गर्ने गरिएको छ । जाडो छल्ल जिल्लाबाहिर पुगेका मुस्ताङी फागुन महिनाको अन्तिम सम्म मौसममा परिवर्तन नआएपछि फर्किन सकेका र्छनन् । पशुचौपायाको विवरण संकलनमा स्थानीय जनप्रतिनिधिलाई समेत परिचालन गरिएको छ । यसबर्ष छिमेकी देश तिब्वतको झोङवासेन जिल्लामा समेत अत्याधिक हिमपातले भेडाच्याङ्ग्रा मरेकाले पनि चाडपर्वमा भेडाच्याङ्ग्राको मुल्या बढ्ने अनुमान स्थानीयको छ । तस्वीर सौजन्य पेमा गुरूङ