मोना पोर्तुगल अलेन्तेजो जोनको अध्यक्षमा पौडेल

मोना पोर्तुगल अलेक्ते जोन क्षेत्रीय समितिको दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको अध्यक्षमा मनिरत्न पौडेल, बरिष्ठ उपाध्यक्ष निरोज कार्की, उपाध्यक्षमा इन्द्र बरुवाल दिप शाही कुल गर्बुजा महासचिव धनुष छन्त्याल, सचिव दिपु फगामी, कोषाध्यक्ष कमल खड्का, सहकोषाध्यक्ष यामलाल पौडेल रहेका छन् ।

समितिको सदस्यहरुमा जीवन पुन, रामनाथ आचार्य,राजु रोका, भक्त बहादुर पूर्जा, हिमाल शर्मा, देब प्रसाद छन्त्याल, ठकप्रसाद पूर्जा, सुमन खड्का, लीलाधर चापागाई, नविन शर्मा, इश्वर सापकोटा, नर रोका,प्रकाश पौडेल, केशव पौडेल, रुकमायाँ घर्ती, रत्न शर्मा, लोक घर्ती रहेको सचिव दिपु फगामीले बेनीअनलाइनलाई बताए । अधिवेशनबाट खेलकुद संयोजकमा सुरेश केसीलाई चयन गरेको छ ।

सोही अवसरमा संस्थागत गतिविधिलाई प्रभावकारी बनाउन तथा आवश्यकता अनुसार सल्लाहसुझावका लागि वकिल केसी, डम्बर खत्री, मिन गर्बुजा र मिना पुनलाई सल्लाहकारमा चयन गरेको छ । अधिवेशनको उद्घाटन गदैं मोना पोर्तुगलका अध्यक्ष टेक फगामीले क्षत्रीय समितसंग सहकार्य गरी गतिविधि सञ्चालन गर्ने बताए । उनले पोर्तुगलमा रहेका म्याग्देलीलाई मोनामा आवद्ध हुन समेत अपिल गरेका थिए ।