घरायसी विवादमा श्रीमतीलाई गोली प्रहार गरी फरार एक व्यक्तिलाई बागलुङ प्रहरीले पक्राउ गरेको छ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ्गमा घरायसी विवाद हुँदा श्रीमानले प्रहार गरेको गोली लागेर श्रीमती घाईते भएकी छन्।

साविकको दर्लिङ्ग–७ पात्ले कटरियाका ३५ वर्षीय चन्द्रबहादुर घर्तीले तरकारी ढिलो पकाएको भन्दै रिसको आबेगमा आएर प्रहार गरेको भरुवा बन्दुकको छर्रा लाग्दा उनकी २५ वर्षीय श्रीमती बालकुमार घर्ती घाईते भएकी हुन्। दर्लिङ–७ पात्ले कटरियाका ३५ वर्षीय चन्द्रबहादुर घर्तीलाई प्रहरीले उनकै घरबाट शनिबार पक्राउ गरेको हो । घटनापछि फरार रहेका घर्तीलाई उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान गर्न घाइते बालकुमारी र उनका श्रीमान् दुबैलाई जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।