लोकप्रिय पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधन

लोकप्रिय पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता अधिकारीको शनिबार साँझ निधन भएको नेकपा पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।सचिव श्रेष्ठले अधिकारी उपचाररत अस्पतालबाटै दिएको जानकारी उनुसार अधिकारीलाई बचाउने सम्पूर्ण प्रयास असफल भएको छ । अधिकारीलाई अहिले भेन्टिलेटरमा राखिएको छ ।

अधिकारीको ८३ वर्षको उमेरमा निधन भएकाे हाे ।विगत २ महिनादेखि उचाररत अधिकारीको ह्याम्स अस्पतालमा शनिबार निधन भएको हो । माघ २४ गतेदेखि अधिकारीको ह्याम्स अस्पतालमा उपचार भइरहेको थियो । त्यसअघि उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो ।अधिकारीलाई १६ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो । यसअघि शनिबार दिउँसो ह्याम्स अस्पतालले पत्रकार सम्मलेन गर्दै अधिकारीको अवस्था नाजुक भएको जानकारी दिएको थियो । अस्पतालले अधिकारीलाई बचाउन नसक्ने बताएको थियो । दैनिक नेपाल