कारागारमा रहेका ३२ वर्षीय कैदीको उपचारको क्रममा मृत्यु

म्याग्दी कारागारमा कर्तब्यज्यान मुद्धामा प्रतिवादी एक कैदीको उपचारको क्रममा मृत्यु भएको छ । बेनी नगरपालिका वडा नं ९ घतानका ३२ बर्षिय उत्तम खड्काको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरक्षक लोकेन्द्र बहादुर गुरुङले बताए । स्वास प्रस्वास सम्ब्न्धि बिरामी रहेका खड्काको जिल्ला कागारकारबाट उपचारको लागि पोखरा समेत लगिएको थियो ।

प्यारालाईसिस र मुटु सम्बन्धि बिरामी समेत रहेका खड्काले नियमित औषधी सेवन समेत गदैं आइरहेका थिए । खड्का गत जेठ महिनाको ८ गते २८ बर्षिया आफ्नै भाउजु शान्ति खड्काको हत्या गरेको आरोपमा असार ४ गते पूर्पक्षका लागि कारागार चलान गरिएको थियो । मृतक खड्कासंगै उनकी श्रीमतिलाई समेत कारागार चलान गरिएको थियो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।