ओमकुमारी शान्ति कोषलाई हङकङमा एकैदिन ४० लाख

म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अक्षयकोष स्थापना गर्ने अभियानमा चिनको विषेश प्रशासनिक क्षेत्र हङकङमा रहेका म्याग्देलीले एकैदिन ४० लाख सहयोगको प्रतिबद्धता जनाएका छन् । आइतबार बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा हङकङमा रहेका म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ मोना हङकङको २० औं बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा आर्थिक अभावकै कारण मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने उदेश्यले स्थापित कोषले जिल्लामा धेरै विरामीलाई नयाँ जीवन दिएको भन्दै उत्सवको अवसरमा बोल्ने बक्ताले कोषको प्रशंसा गरेका थिए ।

आर्थिक अभावले मृत्युलाई रोज्नुपर्ने अवस्थाको अन्त्यमा कोषले खेलेको भूमिकाले मानवीय सम्बन्धलाई समेत थप उचाईमा पु¥याएको बताउँदै हङकङबासी म्याग्देलीले एकैदिन ठूलो धनराशीको प्रतिबद्धता जनाएका हुन् । बार्षिक उत्सवको उद्घाटन गदैं ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले सामान्य र जटिल उपचारमा आर्थिक समस्या भएका विरामीलाई कोषले अभियान सञ्चालन गर्ने गरेको बताउँदै दिर्घकालिन सहयोगका लागि अक्षय कोषको आवश्यकता रहेको बताए । ‘धेरैले नयाँ जीवन पाउनुभएको छ,‘निको भएपछि भेट्न आउँदा अभियानमा थप आत्मबल बढ्छ’ शाक्यले भने ।

उनका अनुसार कोषले १ करोड ५० देखि २ करोडसम्म अक्षय कोषको स्थापना गरी ब्याजबाट उपचारमा सहयोग गर्ने अभियान सञ्चालन गरेको बताएका थिए । उनले कोषमार्फत मृत्युलाई कुरेर बसेका विरामीले समेत नयाँ जीवन पाएको बताउँदै विरामीको अवस्था हेरेर सहयोथ गर्ने गरिएको बताए । कार्यक्रमकमा विशिष्ट अतिथि एवम् मोना अन्तराष्ट्रियका संस्थापक अध्यक्ष प्रकाश पुन, कोषका सचिव एवम् स्वर्गीय ओमकुमारी पुनकी दाजु लोकेश पुनमगर, मोना हङकङका संस्थापक अध्यक्ष तुलमान राम्जाली, मोना हङकङका निर्वतमान अध्यक्ष इन्द्र एलजी थापामगर, सल्लाहकार बल बहादुर शेरचन, पुनमगर समाजकी अध्यक्ष एवम् मोनाकी सल्लाहकार गोमा पुन मगरले मन्तब्य राखेका थिए ।

कार्यक्रममा कोषलाई ३१ लख ६५ हजारको संकलन भएपनि अध्यक्ष कर्ण पुनले कोषको अभियानमा ४० लाख पु¥याउने प्रतिबद्धता जनाएका थिए । ’शान्तिकोषले धेरै म्याग्देलीको घरमा खुसी दिएको छ,‘मृत्यु कुरेका परिवारका सदस्यले उपचार पछि नयाँ जन्म लिएर घरमा फर्किएका छन्, यस्ता अभियानलाई अझै प्रभावकारी बनाउनुपर्छ’ पुनले भने ।उनले केहीदिनको बसाईमै कोषलाई ४० लाखभन्दा धेरै सहयोग जुटाउने बताए ।

बार्षिक उत्सवको अवसरमा कोषलाई मोना आईसीका संस्थापक अध्यक्ष प्रकाश पुन, मोना हङकङका अध्यक्ष कर्ण पुन, निर्वतमान अध्यक्ष इन्द्र एलजी थापामगर, बरिष्ठ उपाध्यक्ष प्रमोद गिरी, कोषाध्यक्ष नारायण सिंह पुन, सचिव जेबेन्द्य्र फगामी, सल्लाहकार राजु गर्बुजा, ज्ञानेन्द्र थापा, संरक्षक हर्कमान मगर, गोमा पुन र कार्यसमिति सदस्य लिल रोकाले ब्यक्तिगत रुपमा २ लाख सहयोग गदैं ब्यक्तिगत संरक्षक सदस्यता ग्रहण गरेका थिए । ब्यक्तिगत संरक्षक सदस्यको संख्या बढ्ने मोनाले जनाएको छ । त्यस्तै सोही अवसरमा आर्थिक सहयोग गर्नेहरुको विवरण समेत संकलन भइरहेको छ ।

बार्षिक उत्सवको अध्यक्षता अध्यक्ष पुन, स्वागत बरिष्ठ उपाध्यक्ष प्रमोद गिरी, सञ्चालन सचिव जेबेन्द्र फगामीले गरेका थिए । केहीदनको बसाईमा कोषले थप सहयोग जुटाउने छ । बेनी नगरपालिका–४ सिंगाकी ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको थियो । कोषले हालसम्म १ सय ११ जनालाई आर्थिक सहयोग तथा उपचारको अभियान सञ्चालन गरेको छ ।