सन्ध्या र साधनामा कुडुले समाज जापानबाट २ लाख सहयोग

कलेजो र पित्तथैलीमा क्यान्सर भएर ज्यान गुमाएकी बेनी नगरपालिका–२ खवरा दारिमपाटाकी ३५ बर्षिया सिता केसी घिमिरेका दुई छोरीको शिक्षादिक्षाका लागि छिमेकी जिल्ला बागलुङको कुडुले समाज जापानले आर्थिक सहयोग गरेको छ । बागलुङ नगरपालिका वडा नं ४ कुडुलेबाट जापानमा पुगेका कुडुलेबासीको साझा संस्था कुडुले समाज जापानले संकलन गरेको २ लाख ५ हजार हस्तान्तरण गरिएको हो ।

सोमबार सदरमुकाम बेनीमा आयोजित कार्यक्रममा जापानबाट आएका संस्थाका उपाध्यक्ष उमाकान्त आचार्य, कुडुले समाज बागलुङका अध्यक्ष कृष्णप्रसाद आचार्य, सचिव टिकाराम शर्मा, सहसचिव गणेश आचार्य, सदस्य शिव आचार्य मृतक सिताका दाजु देब बहादुर केसीको उपस्थितीमा हिरा बहादुर घिमिरे, सन्ध्या र साधाना र गणेश घिमिरेलाई हस्तान्तरण गरिएको थियो । नेपालीहरुको महानपर्व दशैंको दिनमा घरमै मृत्यु भएपछि बालबालिकाको बारेमा बेनीअनलाइनले समाचार प्रकाशित गरेको थियो ।

Posted by बेनीअनलाइन – Benionline.com.np News on Monday, February 18, 2019

‘दुवैजनाको शिक्षादिक्षामा खर्च गरिदिनु्होला,‘भविस्यमा आवश्यक परे थप सहयोग गर्नेछौ’ बागलुङको कुडुले समाज जापानका उपाध्यक्ष आचार्यले भने । उनले घटनाका बारेमा जानकारी पाए लगत्तै आर्थिक संकलन गरिएको बताए । सहयोग हस्तान्तरण कार्यक्रमको संयोजन कुडुले समाज बागलुङले गरेको थियो । दुवै बालिकालाई घरमा दैनिक स्वर्गीय आमालाई सम्झिएर खाना समेत नखाने, रुदैं बस्न थालेपछि बेनीमा बस्ने वातावरण बनाइएको आफन्तले बताएका थिए । सन्ध्या र साधाना पर्वत बेनीमा अवस्थित न्यू् होराईजन आवासीय माविमा अध्ययरत छन् । सन्ध्यालाई बेनपा–२ आम्बोट घरभई हाल बागलुङमा सफल पोलिक्लिनिक प्रालिका सञ्चालक दिपेन्द्र घिमिरे र साधनलाई होराईजनले निशुल्क शिक्षाको ब्यवस्था गरेका छन् । त्यस्तै स्वदेश तथा विदेशबाट करिव ३ लाख ५६ सहयोग प्राप्त भएको छ ।