एक खेल अगाबै बेनी एफसीलाई उपाधी

गोर्खा नेपलिज कमिटिद्धारा अष्ट्रेलियाको सिड्नीमा हरेक बर्ष संचालन हुने GNC लिग फुटबलमा पहिलो पटक सहभागिता जनाएको बेनी एफ सी ले एक खेल अगाबै २० औ संस्करणको लिग उपाधी जित्न सफल भएको छ ।

१२ टिमले सहभागिता जनाएको प्रतियोगितामा १० खेलबाट २४ अंक ल्याउदै बेनी एफसी बिजेता बन्न सफल भएको हो । दोस्रो स्थानमा रहेको सेनजर्ज नेप्लिज क्लव सँग ४ अंकको फरक रहेको छ भने दुबै टिम एक- एक खेल खेल्न बाकी रहेको छ ।

शुरुआती चरणबाटनै लिग तालिकामा आफ्नो बर्चश्व कायम राखेको बेनी एफ सीले करिब ४ महिना चलेको लिगको १०औ खेलमा सेनजर्ज फ्रेन्स क्लबलाई १ बिरुद्ध ४ गोलको फराकिलो अन्तरले पराजित गरेको थियो सोहि खेल लगतै भएको अर्को खेलमा सगरमाथा क्लब र ग्रानभिल क्लब ३-३ गोलको बराबरीमा खेल सकिए पछि बेनी एफसीले एक खेल अगाबै लिगको उपाधी जित्न सफल भएको हो ।

सिड्नीको नेपाली फुटबलमा २० वर्षको इतिहास बनाएको GNC लाई निकै लोकप्रिय र प्रतिस्थित प्रतियोगिताको रुपमा लिईन्छ। पहिलो सहभागितामा उपाधी आफ्नो पक्षमा पार्न सफल भएकोमा निकै खुसि मिलेको बेनी एफसीका अध्यक्ष रोसन खत्रीले बेनीअनलाइनलाई बताउनुभएको छ । खत्रीले बेनीअनलाईन सँगको कुराकानीको क्रममा स्थापनामा छोटो समयमा बेनी एफसीलाई यो स्थान सम्म पुराउनमा सहयोग गर्नुहुने सम्पूर्ण खेलाडी, स्पोनसर र शुभचिन्तकहरुलाई धन्यबाट दिनुभएको छ ।

त्यस्तै ३५ बर्ष भन्दा माथी उमेर समूहको GNC लिगको उपाधी माछापुच्छ्रे फुटबल क्लबले हात पारेको छ । यो बर्ष GNC लिगको खेललाई पहिलो पटक फ्यूजन स्पोर्टको फेसबुक च्यानलबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।