अस्पतालबाट सियानाकी आमाले गरिन् उपचारमा थप सहयोगको अपिल

भारतको नयाँदिल्लीमा रहेको सर गंगाराम अस्पतालमा उपचार गराईरहेकी शियाना पुनको थप उपचार सहयोग आवश्यक परेको छ । म्याग्दीको अन्नपुर्ण गाउपालिका– ७ हिस्तानकी पुनलाई कलेजो प्रत्यारोपण पछि थप उपचारका लागि सहयोग आवश्यक परेको हो ।९ महिनाकी शियानाको कलेजोमा समस्या देखिपछि ओमकुमारि शान्ति कोषको तर्फबाट कलेजो उपलब्ध र शियानको परिवारले ३० लाख जुटाएर कलेजो प्रत्यारोपण गरिएको थियो ।

संकलन भएको रकम कलेजो प्रत्यारोपण र औषधी उपचारमा सिद्धिएपछि अस्पतालमा थप उपचारका लागि आर्थिक समस्या परेको हो । थप उपचारका लागि दुई महिना अझै अस्पतालमा बस्नुपर्ने र सो उपचारका लागि १८ लाख खर्च आवश्यक देखिएकाले ओमकुमारी शान्ति कोषले अभियान थालेको शान्तिकोषका अध्यक्ष राजेश शाक्यले बताए । अपरेशनपछि उनी उच्च सुरक्षामा रहेकी छन् । शरिरमा क्रमिक सुधार हुदै गएको छ ।

उनको कलेजो प्रत्यारोपणपछि २ महिना अस्पताल बस्नुपर्ने र निरन्तर औषधि प्रयोगको लागि रकम अपुग भएको हो । अप्रेशनमा अपुग र थप उपचारका लागि १८ लाख आवश्यक देखिएको कोषका संस्थापक अध्यक्ष चन्दकुमार केसिले बताए ।शियानाको उपचारका लागि स्वदेश तथा विदेशमा रहेका समाजसेवि तथा शुभचिन्तक दाजुभाई र दिदिबहिनीलाई उपचारमा आर्थिक सहयोग गरिदिन आमा रितु पुनले आग्रह गरेकी छन् । हासेर परिवार र समाजमा खुशि दिलाउने उमेरमा आफुले के भएको थाहा छैन् शियानालाई। शियानाले अस्पतालको बेडबाट सबैको सहयोगको अपेक्षा गरेकी छन् । धिरन खत्री