गीत र सङ्गीतले नछुने मान्छे संसारमा सायद कमै भेटिन्छ । वालक होस वा वृद्ध जो कसैलाई पनि यसले प्रभाव पारेको हुन्छ। कतै गीत गुञ्जिनु मात्र पर्छ, गीत÷सङ्गीतको तालमा उसका शरीरका अङ्गहरु हल्लिन थाल्छन् । यसले कसैलाई अलि धेरै र कसैलाई अलि थोरै छुन्छ, फरक यतिमात्र हो । यस्तै गीत÷सङ्गीतको असल अम्मली हुन् बेनपा–४, डाडाखेत (साबिक सिंगा–९) म्याग्दीका जीवन परियार । बाबु कृष्ण परियार र आमा थुमा परियारको कोखबाट २०४६ असार २९ गते जन्मिएका उनी रोजगारिको सिलसिलामा हाल परदेशमा रहेका छन् ।
बि.बि.एस. सम्मको अध्ययन गरेका उनी केही समय म्याग्दीमा अवस्थित लिटल गार्डेन एकेडेमी, न्यू होराइजन पर्वत बेनी, नर्थ स्टार इङ्लिस बोर्डिङ् स्कुलमा शिक्षण पेसामा समेत आवद्ध थिए । तर उनको मूख्य रुची भनेको गायन नै हो । उनी लेख्छन् पनि र गाउछन् पनि । सानैदेखि गीत÷ सङ्गीतमा रुची राख्ने उनी गाउँघरमा छँदा मेलापात तथा उकाली र ओराली गर्दा सालका पात बजाउँदै गीतहरु गुनगुनाउँथे ।
नेपाली लोक गीत तथा सङ्गीत अत्यन्त्यै मन पराउने उनलाई गाउँघरमा गुञ्जिने गरेका भाकाहरुले अत्यन्त्यै छुन्थ्यो र मनमनै लय हालेर गाउने प्रयास गर्थे ।सफल गायक बन्ने उनको सानैदेखिको सपना थियो । आज त्यो सपना पनि पूरा गरेका छन् । प्रथम म्याग्दी लोकतारा उत्कृष्ट–५ बन्न सफल उनका ‘पानीको कलधारा’ (रि÷रेकर्डिङ), ‘हिँडे मत रुँदै’, ‘लाउछ डर चिनाको’ (पन्चेबाजा), ‘जहाजै चढी सालैजो’ जस्ता चर्चित गीतहरु बजारमा आइसकेका छन् । छिट्टै नयाँ लोक दाहोरी गीत बजारमा ल्याउने तयारी गरेका जीवन बाध्यताले परदेशी भएको बताउँछन् ।
परदेशमा रहेर पनि उनको मन नेपाली गीत÷ सङ्गीतमा नै रहेको छ । घरदेशी हुँदाको समयदेखि निरन्तर गीत÷ सङ्गीतमा लाग्ने उनको योजना रहेको छ । उनको नसा नसामा नेपाली गीत÷सङ्गीत भिजेको छ । नेपाली गीत÷ सङ्गीत लछप्पै रुझ्न चाहान्छन् उनी । उनको आत्मविस्वासले नै उनलाई आज यो स्थानसम्म ल्याई पुर्याएको छ । उनी कर्ममा विस्वास गर्छन् र त कर्मशील जीवन बाँचेका छन् । घायलश्री