नेपालकै पहिलाे घटना: ५४ वर्षाीया महिलाले जन्माइन् टेष्ट ट्युवबाट जुम्ल्याह बच्चा

काठमाडौँमा एक महिलाले ५४ वर्षको उमेरमा टेष्टट्युब बेवी प्रविधिबाट बच्चा जन्माएकी छन् । उनकाे ५० वर्षको उमेरमा उनको महिनावारी रोकिएको थियो । उनले महिनावारी राेकिएकाे ४ बर्षपछि बच्चा जन्माएकी हुन् । ललितपुरस्थित अल्का हस्पिटल प्रालिमा आइतबार राती ९ बजेतिर उनले जुम्ल्याह बच्चालाई जन्म दिएकी हुन् ।

अहिले दुवै बच्चा र आमाको स्वास्थ्य सामान्य रहेको छ । उनी महिनावारी रोकिसकेपछि पनि बच्चा जन्माउन सफल भएकी हुन् अल्का टेष्ट ट्युव बेवी प्रकृया विशेषज्ञ डा. नुतन शर्माले खुसी हुँदै भनिन्- महिनावारी सुकेको महिलालाई समेत हामी आमा बनाउन सफल भयाैं । याे घटना सम्भव: नेपालकै पहिलाे घटना हुनसक्ने बताइएकाे छ