लायन्स क्लवले प्राथमिक स्वास्थ्य केन्द्र दरबाङलाई मेसिन सहयोग

लायन्स क्लव पोखरा लेकसिटीले प्राथमिक स्वास्थ्य केन्द्र दरवाङलाई फोटो थेरापी मेसिन र यूपिस सहयोग गरेको छ । पश्चिम म्याग्दीको मालिका, मंगला, धवलागिरी गाउँपालिकाका साथै छिमेकी बागलुङ जिल्लाका केही बस्तीबाट समेत सेवा लिने गरेको मालिका गाउँपालिका वडा नं ६ दरबाङमा अवस्थित केन्द्रको सेवा प्रभावकारी बनाउन उक्त मेसिन सहयोग गरिएको हो ।

नवजात शिशुको जन्डिसको सहित बालबालिकामा हुने विभिन्न स्वास्थ्य समस्याको उपचारमा सहज हुने करिव ३ लाख मुल्य बराबरको मेसिन शनिबार एक कार्यक्रमका बीच लायन्स क्लव म्याग्दी दरबाङका अध्यक्ष सन्तनाथ सुबेदी र जोन चियर पर्सन बीर बहादुर कार्कीले केन्द्रका प्रमुख डा. कृष्ण कँडेललाई हस्तान्तरण गरेका थिए । सोही अवसरमा पश्चिम क्षेत्रका जनतालाई उपचारका लागि सदरमुकाम बेनी जानुपर्ने बाध्यताको अन्त्य गर्न केन्द्रमा आधुनिक उपकरणको आवश्यकता रहेको बताइएको थियो ।

विगतमा समान्य उपचारका लागि पनि महंगो खर्चिर जानुपर्ने अवस्थामा पछिल्लो समय चिकित्सक सहित जटिल समस्याका विरामीलाई समेत केन्द्रमै उपचार हुने गरेको डा. कँडेलले बताए । उनले सरकारी बजेट बाहेक समुदाय र संघसंस्थाले समेत सहयोगले सहज भएको बताए । हस्तान्तरण कार्यक्रमको सञ्चालन क्लवका सचिव दिवाकर सुबेदीले बताए । लायन्स क्लवले दरबाङमा सरसफाई सहित विभिन्न रचनात्मक कार्यक्रमहरु समेत सञ्चालन गर्ने गरेको छ ।