गूर्जाको सम्भावनालाई उजागर गर्न सालैजो (भिडियो)

म्याग्दीको अति बिकट गूर्जाको एतिँहासिक, धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गरिएको मौलिक सालैजो गीत ‘म्याग्दीको शीर गूर्जा गाउँ’ सार्वजनिक भएको छ । पश्चिमा संगीतका साथै आधुनिक गीतले नेपाली मौलिकता झल्काउने सालैजो भाका संकटमा पर्न थालेपछि संरक्षणमा जुटेका मोहन छन्त्यालले धवलागिरी गाउँपालिका वडा नं १ गूर्जाको सम्भावनालाई समेटेर सालैजो सार्वजनिक गरेका हुन् ।

‘सालैजोमार्फत गूर्जाको प्रचारप्रसारमा जुटेका छौ,‘म्याग्दीमा लुकेको बस्तीमा हजारौं सम्भावना छन्’ गायक छन्त्यालले भने ।उनका अनुसार गूर्जा सहित हिमाल र तातोापनी कुण्डले विदेशी पर्यटकलाई आर्कषित गर्ने बताए । स्थानीय नौमायाँ छन्त्याल र मोहन छन्त्यालको स्वरमा रहेको गीतमा शब्द तथा निर्देशक समेत गायक छन्त्यालले लेखेका छन् भने लय पनि उनले नै भरेका हुन् ।

गूर्जाका सबै क्षेत्रलाई समेटिएको गीतको नृत्य निर्देशक संगम छन्त्याल,सम्पादन टुकी क्रियसन पोखराले गरेको छ भने भिडियोमा गिरी भाई र कल्पना छन्त्याल सहितको टोलीको अभियन र नृत्य रहेको छ ।

जनजातीको बसोबास रहेका बस्तीमा पहुनालाई स्वागत गर्दा आफ्नै भेषभुषामा सजिई सालैजो सुनाउने गरिन्छ । सार्वजनिक कार्यक्रम, मेलापर्व सहित ब्यक्तिलाई स्वागत गर्न समेत सालैजो प्रस्तुत गर्ने गरिन्छ । पछिल्लो समय गाउँमा नियमितजसो सालैजो गाउन थालेपछि बालबालिका र युवा पुस्तामाझ लोकप्रिय बन्दै गरेको छ ।सालैजोलाई जीवन्त दिन पुरुषहरू भांग्रामा र महिलाहरू गुन्युचोली, घलेक र पिरुमा सजिई समूहमा गाउने गरिन्छ ।