बेनी नगरपालिकाको स्थानीय पाठ्यक्रम निर्माण सुरु

म्याग्दीको बेनी नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण सुरु गरेको छ । आधारभुत १–५ तहमा आगामी शैक्षिक सत्रदेखि लागू हुने गरि स्थानीय पाठ्यक्रम निर्माण गर्न लागेको हो ।नगरपालिकाको पाठ्यक्रम निर्माण समितिले स्थानीय विषयबस्तुमा आधारित रहेर पाठ्यक्रम निर्माणका लागि काम अघि बढाएको छ ।

Posted by बेनीअनलाइन – Benionline.com.np News on Friday, February 8, 2019

समितिले विभिन्न विषयसँग सम्बन्धित विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरेर पाठ्यक्रम निर्माणका लागि सुझाव संकलन गरेको जनाएको छ ।म्याग्दी जिल्ला र बेनी नगरपालिकासँग सम्बन्धित विभिन्न विषयबस्तुलाई समेटेर पाठ्यक्रम बनाउन लागिएको समितिका संयोजक सोमनाथ ढुङ्गानाले बताउनुभयो । म्याग्दीका प्राकृतिक स्रोत साधन, एतिहाँस, धार्मिक, पर्यटन, कृषि, उद्योग, वन, वन्यजन्तु लगायत विषयहरुलाई पाठ्क्रममा समावेश गरिने नगर शिक्षा अधिकृत विश्वप्रकाश रेग्मीले बताउनुभयो ।

स्थानीय विषयबस्तु संकलनका लागि आयोजित कार्यशालामा बेनी नगर कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक गोविन्दप्रसाद पौडेलले प्राथमिकता निर्धारण गरेर महत्वपूर्ण स्थानीय विषयबस्तुलाई पाठ्क्रममा समावेश गर्नुपर्ने बताउनुभयो ।१ देखि ५ कक्षा सम्म एउटा विषय स्थानीय पाठ्क्रममा आधारित हुनेछ । फागुन ३ गतेसम्म विषयबस्तुको विवरण संकलन गरेर पाठ्यक्रम निर्माण गरिने समितिका देवीप्रसाद पौडेलले बताउनुभयो ।