मौलिक पन्चेबाजा लोप हुदैं

कर्णाली प्रदेशको मुगुमा पनि पश्चिमी संस्कृतिको प्रभाव बढ्दो छ । सांगितिक कार्यक्रमहरुमा मौलिक बाजाको प्रयोग कम हुँदा पञ्चेबाजा बजाउनेको पेशा नै संकटमा पर्न थालेको छ । अहिले मुगुका विभिन्न ठाउँमा पश्चिमा गीतसंगितले मौलिक गीतसंगितको स्थान लिएका छन् ।

यो पञ्चेबाजाको धुन । सुन्दा निकै आनन्द दिने पञ्चेबाजा आजभोलि विवाह वर्तबन्ध, मेला तथा सार्वजनिक कार्यक्रममा कमै सुन्न पाइन्छ । बाजा मात्र विस्थापित बनेको छैन, स्थानीय देउडा, झोडा, मागल, चाचरी, हुड्के नाच, बाले, चम्फा, भोटे सेलो जस्ता सांस्कृति सम्पातिहरु लोप हुन थालेका छन् । क्यासेड, डेक, मोवाईल, डिजेबाट बजाईले संगितको प्रभाव सुरु भएको छ ।

स्थानीय सांस्कृतिक, भेष भुषा लगायतका मौलिक संस्कृति संरक्षण नै गर्नुपर्ने अवस्था सुरु भएको छ । केही समयदेखि मौलिकता जोगाउन स्थानीय सक्रिय बनेका छन् । यसका लागि स्थानीय सरकार र प्रदेश सरकारको सहयोगको अपेक्षा उनीहरुको रहेको छ । स्थानीय कला संस्कृतिको संरक्षणमा सम्बन्धित निकायले ध्यान नदिएको स्थानीय संस्कृती संरक्षण अभियान्ताको गुनासो छ ।

छायानाथ रारा नगरपालिका भित्र रहेका स्थानीय बाजा, सांस्कृतिक रितीरिवाजको संरक्षण र प्रवद्र्धनका लागी पहल गर्दै आएको स्थानीय तहको दावी छ । आन्तरिका तथा बाह्य पर्यटनलाई मनोरञ्जन प्रदान गर्न अवलोकनका लागी स्थानिय पन्चेबाजा र संस्कृतिको जर्गेना गर्नका लागी बजेट बिनियोजन गर्ने तयारी रहेको समेत नगरपालिकाले जानकारी दिएको छ ।मुगुको पहिचान भनेकै कला, संस्कृती, रिती रिवाज र भेषभुषा हुन् । यसको संरक्षक र प्रर्वद्धन गर्न स्थानिय सरकार र प्रदेश सरकारको ध्यान जानु जरुरी छ ।