जापानमा दुर्घटनामा परी एक म्याग्देलीको मृत्यु

जापानमा सडक दुर्घटनामा परि एक एक म्याग्देलीको मृत्यु भएको छ । जापानको साईतामा केनमा सडक दुर्घटनामा माईकल गौचनको मृत्यु भएको हो । जापानी सञ्चारमाध्यमले उल्लेख गरे अनुसार गौचनले सडक पार गर्ने क्रममा गाडीको ठक्करबाट मृत्यु भएको हो । म्याग्दी जिल्ला स्थायी घर भई हाल काठमाण्डौमा बस्ने उल्लेख भएपनि ठेगाना पहिचानको प्रयास भइरहेको मोना जापानका महासचिव गणेश श्रेष्ठले बताए ।

गौचन विद्यार्थी भिषामा जापान पुगेका थिए । गौचनले ग्रीन ईन्टरनेशनल कलेज योकोहामाबाट भाषा विद्यालय ’सेन्मोन गाक्को’ सकेर साईतामा केनमा जापानी कम्पनीमा काम सुरु गरेका थिए । साईकलमा सवार गौचनलाई सडक पार गर्नेक्रममा गाडीले ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको थियो। गौचनको श्रीमति सहित परिवार काठमाण्डौमा छन् । जापानमा साईकलमा यात्रा गर्दा सर्तकता अपनाउनुपर्छ । साईकलमै यात्रा गर्ने भएकाले पनि सडक दुर्घटना बढ्दै गएको छ ।