प्रथम बेनी नगर कपको उपाधी माउण्ट एभरेष्टलाई (फोटो फिचर)

बेनी नगरपालिका प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी बेनीस्थित माउण्ट एभरेष्ट आवासीय माविले हात पारेको छ। सदरमुकाम बेनीमा सञ्चालित प्रतियोगितामा सबैभन्दा धेरै पदक जित्दै उपाधीमा कब्जा जमाएको हो ।

प्रतियोगितामा भलिबल, कवड्डी र मार्सल आर्ट लगाएतका खेलमा माउण्टले १९ स्वर्ण, ३ रजत, १३ काँस्य पदक प्राप्त गरेको थियो । त्यस्तै न्यू वेष्ट पोइन्ट आवासीय मावि १० स्वर्ण, १५ रजत र १२ काँस्य सहित उपविजेता र प्रकाश मावि ६ स्वर्ण, १० रजत र १ काँस्य सहित तेस्रो भएको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तरगत कवड्डी र भलिबलको छात्र तथा छात्रा तर्फको दुवै खेल माउण्टले जितेको थियो । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँसहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्य समितिका प्रमुख देवेन्द्रबहादुर केसी,बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,श्री बक्स गुल्मका गुल्मपति मेजर राजन दाहाल,उपमेयर सञ्जु बरुवालले विद्यालयमा रहेका खेल प्रतिभालाई उजागर गर्न प्रतियोगिताले महत्वपूर्ण भुमिका खेलेको बताएका थिए।

सम्भावना भएका खेलाडीलाई उचित अवसर दिनुपर्नेमा जोड दिदैं प्रतियोगितालाई सभ्य र भब्य रुपमा सफल बनाउन भूमिका खेल्ने सम्पूर्णलाई धन्यवाद दिइएको थियो । यसैबीच विजेता माउण्टले बिजय उत्सव मनाएको छ । विद्यालयको प्राङ्गनमा आयोजित कार्यक्रममा माउण्टका सञ्चालकले विद्यालयले खेलकुद गतिविधिलाई समेत उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाएका थिए ।