मोना पोर्तुगलको अध्यक्षमा टेक फगामी

म्याग्दी प्रवासी नेपाली संघ मोना पोर्तुगलको अध्यक्षमा टेक फगामी निर्विरोध निर्वाचित भएका छन् । पोर्तुगलमा रहेका म्याग्देलीको साझा संस्था मोनाको १२ औं साधारण सभा तथा छैठौ अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा मोहन पुन,उपाध्यक्षहरुमा दिपेन्द्र भण्डारी,कमला पारीयार, सन्देश शाही, पूर्ण राम्जाली, मोहन राना र सन्तोष पुन,महासचिब धन थापा, सचिब लक्ष्मण रोका,सहसचिब सुरेस पुन, कोषाध्यक्ष दुर्गा पाइजा, सहकोषाध्यक्ष लक्ष्मी पुर्जा रहेका छन् ।

त्यसैगरी सदस्यमा तेक राना, केदार कटुवाल, राजन भण्डारी, सुनिल तिमील्सना, मनिष शाही, मिरा पुन रहेको मोना पोर्तुगलका सल्लाहकार राजन थापाले बेनीअनलाइनलाई बताए । उनका अनुसार अधिवेशनबाट खेलकुद संयोजकमा भुवन आचार्य,सहसंयोजक महेन्द्र भण्डारी, सास्कृतिक संयोजक संगिता पुन र रबिन थापा,युवा संयोजकमा सबिन शाही,महिला तथा बालबालिका संयोजक पबिता तिलिजा रहेका छन् ।

अधिवेशनले संस्थापक संरक्षक पहल पुन, संरक्षकमा निर्वतमान अध्यक्ष कुमार राम्जाली र नैना तिलिजा, सल्लाहकारमा सुर्य भट्टचन् राजन थापा र जरी पुनलाई चयन गरेको छ। नवनिर्वाचत अध्यक्ष फगामीले पोर्तुगलमा रहेका म्याग्देलीको तथ्याङ्क संकलन सहित विभिन्न रचनात्मक कार्य गर्ने प्रतिबद्धता जनाएका छन् । उनले यूरोपमा रहेका म्याग्देली बीचको एकतालाई समेत प्राथमिकता दिएका छन् ।