एथ्लेटिक्समा चम्किए तेजिन घर्ती, एक्लै दुई स्वर्ण सहित चार पदक

एथ्लेटिक्समा चम्किदाँ न्यू वेष्ट पोइन्ट आवासीय माविका छात्र तेजिन घर्तीले एक्लै दुई स्वर्ण सहित चार पदक जितेका छ। बेनी नगरपालिका अन्तर माविस्तरीयस्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड अन्तर माविस्तरीय प्रतियोगिता अन्तरगत एथ्लेटिक्समा २ सय र ४ सय मिटरमा स्वर्ण, १ सय इन्टु ४ सय र ४ सय इन्टु ४ सयमा रजत तथा ज्याब्लिङ थ्रोमा कास्य पदक जितेका थिए ।

प्रतियोगितामा विद्यालयबाट एथ्लेटिक्स तर्फका विधामा सहभागी भएका सबै विधामा स्वर्ण पदकको आश गरिएका घर्तीले एथ्लेटिक्समा धेरै पदक जित्ने खेलाडीमा आफ्नो नाम दर्ता गराउँदै एथ्लेटिक्स तर्फ उत्कृष्ट खेलाडीको सम्मान समेत प्राप्त गरे । विगतमा सम्पन्न भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तर माविस्तरीय प्रतियोगिताका सबै चारवटै संस्कर आफने कब्जामा लिएको वेष्ट पोइन्टले यसपटक उत्कृष्ट प्रर्दशन गदैं उपविजेतामा सिमित भएपनि प्रतियोगिता अन्तरगत महत्वपूर्ण मानिएको एथ्लेटिक्समा आफ्नो उपस्थितीलाई विगतजस्तै देखाउन सफल भएको छ । एथ्लेटिक्समा छात्रा तर्फको खेलमा समेत विद्यालयको तर्फबाट सहभागी खेलाडीको खेल उत्कृष्ट थियो । प्रतियोगिताको समग्र पदकमा न्यू वेष्ट पोइन्ट आवासीय मावि १० स्वर्ण, १४ रजत र १२ काँस्य जितेका छ ।