प्रथम दिवाकर भुसाल राष्ट्रीय क्लब च्याम्पियनसिपमा राजु शेरचन बेस्ट सर्वर घोषित

चितवनको माडिमा माघ १६ गतेबाट २० गतेसम्म संचालित प्रथम दिवाकर भुसाल राष्ट्रीय क्लब च्याम्पियनसिप पुरुष भलिबल प्रतियोगितामा बिभागिय टिम नेपाल पुलिस क्लबले प्रथम स्थान हात पारेको छ । प्रतियोगितामा पुलिसबाट सहभागी म्याग्दी मंगला गाउँपालिका ५ अर्मनका राजु थकाली बेस्ट सर्वर घोषित भएका छन् । भलिबलको राष्ट्रिय टोलीमा सहभागी थकालीले निरन्तर उत्कृष्ट खेल प्रर्दशन गदैं आइरहेका छन् । राष्ट्रिय तथा विभागिय टोेलीबाट सहभागी भएर थकालीले उपाधी जित्न निर्णायक भूमिका समेत निभाउने गरेका हु्न् ।

थकालीले निरन्तरको अभ्याससंगै खेलमा समेत सफलता प्राप्त भइरहेको बताए । उनले कडा मेहनतसंगै थप खेलमा समेत उत्कृष्ट प्रर्दशन गर्ने सोच बनाएको बताए । नेपाल पुलिस क्लबका टिम कोच चन्द्र कुँवरले गरेको नेतृत्वले नेपाल आर्मिलाई २५ (१८, १९(२५, २५(१९ र २५(१८ सेटमा जित हात पार्नुको साथै कुँवरले प्रतियोगिता को बेस्ट कोच समेत प्राप्त गरेका छन्

उपबिजेता बनेको नेपाल आर्मिका धन बहादुर भट्टले बेस्ट स्पाइकर र तृतिय स्थान हात पारेको नेपाल एपिएफ क्लबका लोकेन्द्र गिरीले बेस्ट लिफ्टर बन्न सफल भए त्यस्तै नेपाल पुलिसका अति नै अनुसाशित र टिमको एकदमै भरपर्दो ओपन स्पाईकर कुल बहादुर थापा (हरी) ले आज को यस प्रतियोगितामा उत्कृस्ट प्रदर्शन गर्दै प्रतियोगिता भरिका उत्कृस्ट खेलाडी ( बेस्ट प्लेयर ) बनेका छन् त्यस्तै बेस्ट ब्लकरमा पुलिसकै द्वारिका थापाले प्राप्त गर्दै नेपाल पुलिस टिमलाई च्याम्पियनको ट्रफी चुम्न सफल बनाएका हुन् ।