आहा! मुस्ताङमा स्की प्रतियोगिता (फोटो फिचर)

हिमाली जिल्ला मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा दोस्रो राष्ट्रिय स्की च्याम्पीयनसिप आयोजना गरिएको छ । हिमाली सुन्दरताको आन्द लिदैं हिँउमा कुद्ने प्रतियोगिताको हिमालय स्की टेडले संयोजन बुधबारदेखि फाइनलमा सहभागी हुने खेलाडीलाई प्रशिक्षण दिइएको मुक्तिनाथका यूवा सुरज गुरुङले बेनीअनलाइनलाई बताए । ‘मुस्ताङको यो प्रतियोगिताले विदेशी खेलाडीलाई पनि आर्कषित गर्नेछ,‘मुस्ताङको पर्यटनमा सघाउने छ’ उनले भने ।

शनिबार हुने स्की प्रतियोगिताको फाइनलमा सहभागी खेलाडीका लागि बुधबारदेखि प्रशिक्षण सञ्चालन गरिएकाले पनि प्रतियोगिका साथै अवलोकन गर्नेहरु समेत पुगेका छन् । हिउँमा खेलिने स्की नेपालका लागी नौलो मानिन्छ । मुस्ताङका साथै म्याग्दीको धौलागिरी हिमाल आसपासका क्षेत्रमा स्की प्रतियागिता सम्भव रहेको कृष्ण थापाले बताए । उनका अनुसार हरेक वर्ष जनवरीको पहिलो हप्तामा मुक्तिनाथ, गोसाइँकुण्ड, धौलागिरी क्षेत्रमा स्की तालिम सञ्चालन गर्ने गरिएको छ ।

मुक्तिनाथमा जारी प्रतियोगितामा स्नोबोर्ड स्की र अल्पाइन स्की बिधामा प्रतिस्पर्धा गर्न १४ जना महिला र १४ जना पुरुष खेलाडी सहभागी छन् । एकठाउँमा सम्भावना भएमा त्यहाँ नियमित खेलाडीहरुलाई आर्कषित गर्न सकिने आयोजकको भनाई छ। प्रतियोगितास्थल आसपासका क्षेत्रमा बाख्लो हिउँ जमेकाले पनि प्रतियोगितालाई सहज भएको छ । गत शनिबार राती परेको बाख्लो हिउँले मुस्ताङको जनीजवन सामान्य बन्दै गइरहेको अवस्थामा अझैपनि हिउँ पग्लिएको छैन् । तस्वीर सौजन्य सुरज गुरुङ