काखमा छोरी राखेर बेहोस भएकी प्रमिलाको उपचारमा सहयोगको अपिल

आपसी सहमतिमा एकबर्ष अगाडी लगनगाँठोमा बाँधिएका रघुगंगा गाउँपालिका ३ पिप्लेका दिनेश दर्जी र सुन्दास प्रमिला दर्जीको बैबाहिक जीवनको एकबर्ष पुरा भएको थियो । लगनगाँठोमा बाँधिएको एकबर्षमा पहिलो सन्तानलाई स्वागतको तयारीमा थिए । नियमित काम, श्रीमतिको रेखदेख र नियमित चेकजाँचमा दिनेश ब्यस्त थिए ।

परिवारलाई सुखसयलका साथ पाल्न जापानमा पुगेका दिनेशले भिषा परिवर्तन गरेपछि कमाई पनि राम्रो थियो । निकै मिलेको जोडी भनेर चिनिने दिनेश दम्पत्तीको पहिलो सन्तान छोरीको आगमनपछिको खुसीयाली मनाउने तयारी एक्कासी लुटियो । गत जनवरी १३ तारिखमा एक्कासी घरमै बेहोस भएपछि जापानको कुवानास्थीत एक अस्पतालमा चेकजाँच गर्दा ब्रेनट्यूमर भएको चिकित्सकले बताएपछि दिनेशलाई छागाबाट खसेजस्तै भयो ।

ब्रेनट्यूमरको अप्रेसनपछि प्रमिलाको अवस्था थप चिन्ताजनक भएको मोना जापानका अध्यक्ष दिपक कार्कीले बताए । ‘अवस्था चिन्ताजनक छ,‘आमाको काखमा शिशु छ,‘उपचारमा लाखौं खर्च हुन्छ’ कार्कीले बेनीअनलाइनलाई भने । उनले म्याग्देली विरामी भएको जानकारी पाएपछि तत्कालै अस्पतालमा पुगेको बताउँदै बच्चाको रेखदेखका लागी तयारी गर्न चिकित्सकले अनुरोध गरेपछि दुख लागेको बताए । ‘आमाको अवस्थालाई देखेर सबै चिन्तित छन्,‘उपचार तथा आवश्यक प्रक्रियाका लागी आर्थिक सहयोगको अपिल गरेका छौ’ उनले भने । मोना जापनाले जापानमा रहेका म्याग्देली सहित नेपालीलाई आर्थिक सहयोग अभियानमा जुट्न अपिल समेत गरेको उनले बताए ।

‘अस्पतालबाट अझैपनि शुभ समाचारका लागी प्रयास भइरहेको छ,‘चिकित्सकले समेत प्रयास गरिरहेका छन्’ उनले भने । बेहोस भएपछि चिकित्सकले परिवारको सल्लाहमा अप्रेसन गरी बच्चालाई निकालेपछि प्रमिलाको बेनट्यूमरको अप्रेशन गरेका थिए । अप्रेसनपछि ३८ घण्टासम्म होस नआएपछि परिवारलाई आवश्यक तयारी गर्ने चिकित्सकले जानकारी गराएपछि आर्थिक सहयोग अभियानले तिब्रता पाएको महासचिव गणेश श्रेष्ठले बताए । उनका अनुसार आर्थिक सहयोगका लागी बैंकमा खाता समेत खोलिएको छ ।

खाता नम्बर = 10120-87744051 Jp bank
खाता नाम – मोना जापान (モーナジャパンクミアイ) मोना जापान परिवार