हिउफुल सौन्दर्यता हिमाल पारीको जिल्ला मुस्ताङ नेपालको निकै विकट र हिमाली जिल्ला मानिएता पनि प्राकृतिक सौन्दर्यताको विविधताका हिसाबले निकै सौन्दर्य रहेको छ । उपल्लो मुस्ताङको अधिकांस भुगोलमा यस वर्ष चार पटक सम्म हिउवर्षा भएको छ । ३ दिन सम्म हिउवर्षको कारणले नै मुस्ताङको प्राकृतिक सौन्दर्यलाई थप उत्कृष्ट बनाउदै लगेको छ । हिउवर्षाको सौन्दर्यताले गाउँ, बजार, कार्यालय सेताम्मे हिमालकै स-साना आकृति बनेका छन् । हिउफुलहरुको ढिस्काको आकृतिमा फुत्त बाहिर निस्कन्छन् र खेलाउछन् हिउफुल अझै टाउकामा सेताम्मे हिउफुल लियर चिसो सिरेटोको लप्का खादै फुत्त भित्र पस्छन् समाजसेवी एवं अभियान्ता बुद्धिबल थापा मगर ।
![](https://www.news24nepal.tv/wp-content/uploads/2019/01/s2-1-768x398.jpg?x30131)
हिउफुलले पर्यटक र हेर्ने मानिसका लागि आकर्षण थपिन्छन । टाढाका मानिस समेत हिमाली दृष्यवलोकन गरि मनमग्ध माधुर्य हसिलो बनाउछन् । हिउफुलको वर्षा खेत, बारी, बाली र मल माटोमा फसफस खसेपछि यहाँ कृषकहरु खुसियाली छाउछन् । सेताम्मे हिउले मल, माटो पग्लिएर कृषि उत्पादत्कत्वमा उकालो लाग्ने कृषि प्रविधिको प्रकृतिक नियति नै हो ।
यसैले पनि यहाँ पर्यटकिय आकर्षणको गन्तव्य मात्र नभएर नेपाललाई विश्व सामु पहिचान गराउन सफल भएको छ कष्टकर जीवन दुई तिन दिन सम्मको हिउ वर्षाले हिउ नरोकिदै मुस्ताङमा चिसो चिसो हुरी बतास र सिरेटो चलिरहेको हुन्छ । निरन्तर आकासिएको चिसोका कारण स्थानियवासीहरु आफ्नो घरभन्दा बाहिर निस्कन सक्ने अवस्था रहेको छैन ।
![](https://www.news24nepal.tv/wp-content/uploads/2019/01/s-1-1-768x398.jpg?x30131)
उपल्लो मुस्ताङ देखि हिड्न सक्ने मानिसहरु कार्तिक महिनामै चिसो सिरेटो छल्न आफ्नो ब्यापार ब्यवसाय लिएर हिमाली भागबाट पहाडी इलाका तर्फ प्रवेश गरिसकेका छन् । जाडो र चिसोको कारण यहाँको जनजीवन चौतर्फि कष्टकर बनेको छ ।
शारीरिक रुपमा कमजोर अनि उमेर पुगेका मानिसहरुको अवस्था जाडो र चिसोले गर्दा अत्यन्तै दयनिय भएको छ । बुढेसकालको ढल्नै लागेको ज्यानमा चिसोले प्राण धान्न हम्मे( हम्मे परेको छ । चिसोले उमेर ढलेका र बृद्धाहरुलाई शरिरमा दम तथा श्वास प्रश्वास सम्बन्धी रोगका बिरामीहरुले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था ल्याएको स्थानिय बासिन्दाहरु बताउछन् । अति दुर्गम गाँउ ठाँउ भएकोले स्वास्थ्यकर्मी र अस्पताल तथा ओखतिमुलोको कमि छ । चिसोकै कारण चलिरहेका बिधालय हरु पनि बेला बेला पढाइ स्थगन बन्द हुने गरेको छ । जाडो मौसममा हिउँ वर्षा र अति चिसोको कष्टकरका लागि नागरिकहरुको आवश्यक सुरक्षा सम्बन्धी कुनै पनि चासो सरकारी निकायले नदेखाएको स्थानियबासीहरुको गुनासो छ ।
![](https://www.news24nepal.tv/wp-content/uploads/2019/01/s-4-768x398.jpg?x30131)
आर्थिक रुपमा मुस्ताँड.बासीहरु सम्पन्न भएता पनि विपन्न परिवारका बालबालिका तथा बृद्धहरुलाइ न्यानोको ब्यवस्थापन गर्नकालागी स्थानिय सरकाले कदम चाल्नुपर्ने आवश्यकता रहेको स्थानियबासि शिव बि. क. बताउउछन् । यसको लागि राज्यको संघ, प्रदेश र स्थानिय निकायको नितिगत रुपमा र ब्याबहारीक रुपमा कदम चाल्नु पर्ने बागलुङ बाट गएका सामाजसेबि बुद्दिबल थापा मगर बताउछन् ।
चिसो हावा र हिउका कारण कार्यलयहरुमा सेवाग्राहिको उपस्थिति शुन्य रहेको छ । शिक्षा विकास तथा समन्वय इकाइमा विगत तिन दिन देखि कुनै पनि सेवाग्राही सेवा लिन नआएकने उनको प्रत्यक्ष भोगाई रहेको छ । त्यसो त, अन्य सरकारी कार्यलयहरुको हालत पनि उस्तै रहेको अवस्था छ । सेवाग्राहि नआउने भएपछि भयका स्थानिय कर्मचारी र जनप्रतिनिधिहरु पनि जवाफदेहि हुन उपल्लो मुस्ताङसकिरहेको छैनन् । उपल्लो मुस्ताङका तालोमानथाँङ, लोघेकर र दामोडर कुण्डका सम्पुर्ण २१ वटा सामुदायिक विधालयहरु अहिले चिसोकै कारण कास्की जिल्लाको पोखराका विभिन्न स्थानमा घुम्ति विधालयको रुपमा सँचालित रहेका छन् ।
ठाउँ बदलेर पड्नु पर्दा बालबालिका र उनिहरुको अभिभावकलाई पनि विभिन्न समस्या खेप्नु पर्छ । यसै गरि यहाँ को प्राइवेट तथा गुम्बाका विधालयहरु समेत पोखरामै अध्यापन गर्न विवस रहेको छ । गणतान्त्रिक गाउँ सुधार समितिका अध्यक्ष भिम बहादुर रसाईलि भन्छन,हिउँ र तिसोको जोखिम, बिढि पहिरोको जोखिम सरकारले योजना बनाई समाधान गरिनु पर्छ । अहिले केही दिन देखि लगतार हिउँ वर्षा संगै अत्यन्त चिसो सरेटोको सिकार बनेर जनजिवन कष्टकर बनेको स्थानिय जनप्रतिनिधि स्विकार्छन तर यसको लागि भने उनिहरु संग पनि यनेजना छैन ।
मुस्ताङ जिल्लाकै घरपझोङ गाउपालिका -१ छैरोमा मा प्राकृतिक प्रकोप भुकम्पका कारण थिलो थिलो भएको माटो ढिस्को ढलेर हिउँ वर्षा भएको सिरेटोकै बीच हिजो बिहिबार कालिगण्डकि नदि बहन बाट रोकिएको थियो ।
सुख्खा पहिरोको कारण १२ फिट गहिराईमा काली नदि जमेर तालमा परिणत भएको थियो। स्थानिय प्रहरी, प्रशासन, सेनाको तत्कालीन प्रयास बाट पहिरो हटाई नदि बहन भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बताउछन। अझै दिर्घकालिन समाधान नभए सम्म चिसो र हिउँ बर्षाको कष्टकर जीवन देख्न र खेप्न बाध्य हुने सामाजिक अभियान्ता सीताराम थापाको विश्लेषण छ । news24nepal.tv