बस दुर्घटना: बेनीका पौडल दम्पत्तीलाई हेलिकप्टरबाट काठमाण्डौ रिफर

म्याग्दीको सदरमुकाम बेनीबाट नारायणघाट हिडेको बस दुर्घटनामा मृतकको संख्या ७ जना पुगेको छ । कालिपुल बसपार्कबाट विहान विहान ७ः३० बजे प्रस्थान गरेको बसमा सबार ३ जनाको उपचारको क्रममा बागलुङ अस्पतालमा मृत्यु भएको बागलुङ प्रहरी सहायक निरिक्षक अर्जुन पौडेलले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार मृतक मध्ये ४ जना पुरुष र ३ जना महिला रहेका छन् । दुर्घटनामा घाईते १३ जनाको थप उपचारका लागी एम्बुलेन्स मार्फत पोखरा लगिएको छ । दुर्घटनामा गम्भीर घाईतलाई उपचारमा समम्स्या भएपछि पोखरा मणिपाल पठाइएको बागलुङ प्रहरीले जनाएको छ । दुर्घटनामा घाईतको उपचारमा पर्वत र बागलुङ प्रहरीको टोलीले घटनास्थलमा पुगेको थियो । घाईतेको बागलुङ र पर्वत अस्पतालमा उपचार भइरहेको छ ।

कालिपुल बसपार्कमा रहेको धौलागिरी बस ब्यवसायी समितिको टिकट काउन्टरका प्रतिनिधि सुरज शाक्यले  दिएको जानकारी अनुसार काउण्टरबाट टिकट लिएर सबार हुने ६ जना यात्रु माध्ये चारजनाको बेनीबजार ठेगाना उल्लेख गरेका तेजनाथ पौडेलका ४ जना र लाल बहादुर मात्रै नाम उल्लेख गरेका २ जना रहेपनि धेरै यात्रु पर्वतको मिलनचोकबाट चढेको बताइएको छ । मिलनचोकबाट १५ जनाा यात्रु बसमा प्रवेश गरेको बताइएको छ । बसमा सबार अधिकांस सडकखण्डमै राखेर बसमा प्रवेश गरेकाले पनि घाईते र मृतकको पहिचा खुल्न समस्या भएको प्रहरीले जनाएको छ ।

बेनीका पौडल दम्पत्तीलाई काठमाण्डौ रिफर
सदरमुकाम बेनीस्थित बेैंकरोडका तेजनाथ र मन्दिरा पौडेल उपचारका लागी नारायणघाट तर्फ जादै थिए । पौडेल दम्पत्तीसंगै थप २ जना गरी चारजनाले टिकट बुकिङ गरेका थिए । घाईते पौडेल दम्पत्तीको बागलुङबाट हेलिकप्टरमा ग्रान्डी अस्पतालमा पु¥याइएको छ । दुईजनालाई ग्रान्डी अस्पतालमा रिफर गरिएको बागलुङ प्रहरीले जनाएको छ । प्रहरीका अनु्सार सडकबाट एक्कासी खसेको बसमा सवार घाईतेको अवस्थाका बारेमा भन्न नसकिने बताएको छ ।