भारतमा स्वणपदक जित्ने निर्मललाई सम्मान

कराँते प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरी स्वर्णपदक जित्न सफल खेलाडीलाई बेनीमा सम्मान गरिएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित जिल्ला खेलकुद विकास समिति म्याग्दीले आइतबार सम्मान गरेको हो । भारतको पश्चिम बङ्गालमा सम्पन्न अन्तर्राष्ट्रिय क्यु क्याकोसिन फुल कन्ट्याक्ट कराँते प्रतियोगितामा स्वर्णपदक विजेता म्याग्दीको रघुगंगा गाउँपालिका–२, राखुभगवतीका निर्मलबहादुर केसीलाई सम्मान गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

जिल्ला समन्वय समिति प्रमुख देवेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी र खेलकुद विकास समिति अध्यक्ष कृष्णकुमार विश्वकर्माले खेलाडी केसीलाई अबिर तथा माला लगाई सम्मानपत्रद्वारा सम्मान गरेका थिए ।खेलाडी केसीलाई सम्मान गर्दै जिसस प्रमुख केसीले स्वर्णपदक विजेता खेलाडीले सिङ्गो राष्ट्रको नाम राख्न सफल भएको बताएका छन् । उनले खेलकुद क्षेत्रको विकासमा राज्यले पर्याप्त लगानी गर्नुपर्ने बताउँदै खेल क्षेत्र र खेलाडी राष्ट्रको गौरव भएको बताए ।

कार्यक्रममा प्रजिअ अधिकारीले खेलकुद क्षेत्रको दीगो विकास र व्यावसायिक खेलाडी उत्पादनका लागि स्थानीय तहहरुले विशेष ध्यान पु¥याउनुपर्ने बताए ।जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विश्कर्माले स्थानीय सरकारले कुल बजेटको १ प्रतिशत बजेट खेलकुदको क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिँदै खेल क्षेत्रको विकासमा सबैले सहयोग पु¥याउनुपर्ने बताए । कार्यक्रम अध्यक्ष विश्वकर्माको अध्यक्षता र कराँते प्रशिक्षक विरेन्द्र श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । भारतको पश्चिम बङ्गालमा हालै आयोजित साउथ एसियन च्याम्पियनसिप कराँते प्रतियोगितामा खुल्लातर्फबाट सहभागी भई केसीले च्याम्पियनसिपको उपाधि हात पारेका थिए ।