अन्नपूर्ण गाउँपालिकास्तरीय रनिङ शिल्ड ! कुन विद्यालयले कति पदक जिते?

जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित अन्नपूर्ण गाउँपालिकास्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा सहभागी भएका कुनैपनि विद्यालय पदक विहिन हुनपरेन । स्थानीय तहमा जिल्लामै पहिलोपटक सानदार तरिकारले प्रतियोगिता सम्पन्न गरेको गाउँपालिकमा नारच्याङको प्रभा माविले फराकिलो अन्तरले शिल्ड आफ्नो पक्षमा पार्न सफल भएको छ । हरेक खेलमा निकै मेहनत गरी उत्रिएका प्रभाका खेलाडीले प्रथम कप आफ्नो पक्षमा पादैं धेरै पदक जितेका छन् ।

गाउँपालिकाको आयोजनामा सम्पन्न भएको खेलमा प्रभा माविले कुल २ सय १७ अङ्क जोड्दै उपाधी जितेको हो । प्रभाले २८ स्वर्ग, १२ रजत, ४ काँस्य पदक जितेको छ । घारको मुक्तिमार्ग माविले १५४ अङ्क, हिस्तानको टिकोट माविले ११६ अङ्क, प्राप्त गदैं क्रमश द्धितिय, तृतिय भएका छन् । मुक्तिमार्गले १६ स्वर्ण, ७ रजत, ११ काँस्य र हिस्तानको टिकोटले ८ स्वर्ण , ३ रजत र १६ काँस्य पदक जितेको स्रोत व्यक्ति भरत पुनले बताए ।

उनका अनुसार अंकको आधारमा प्रथम, द्धितिय र तृतिय छनौट गरिएको बताउँदै स्वर्ण पदक जित्ने धेरै भएपनि खेलको आधारमा कम जित्नेले माथिल्लो स्थान प्राप्त गरेको बताए । त्यस्तै प्रतियोगितामा भुरुङ तातोपानीको सर्वोदय मावि, १०८ अंक जोड्दै चौथो भएको छ । उनका अनुसार प्रतियोगितामा आर्दश माविले सबैभन्दा कम २ काँस्य पदक जितेको छ । प्रतियोगितामा बिजेताले रनिङ्ग कप, मेडल र प्रमाणपत्र सहित ५० हजार रुपैयाँ नगद, उपबिजेताले २५ हजार रुपैयाँ र तितृयले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

खेल विवरण

१) प्रभा मावि २८ स्वर्ग, १२ रजत, ४ काँस्य पदक
२) मुक्तिमार्ग मावि १६ स्वर्ण, ७ रजत, ११ काँस्य पदक
३)टिकोट माविले ८ स्वर्ण ३ रजत र १६ कास्य पदक
४) सर्वोदय मावि ३ स्वर्ण, १५ रजत, १४ कास्य पदक
५) कैशला मावि १ स्वर्ण ९ रजत २० काँस्य
६) ज्ञानप्रकाश मावि १० स्वर्ण १०, २
७) हिमाञ्चल ७ स्वर्ण ४ रजत ४ काँस्य पदक
८) शिख १ स्वर्ण १२ रजत १ काँस्य पदक
९ ) पाउद्धार कास्य पदक
१०) आर्दश मावि २ कास्य पदक गरी कुल २ सय २२ वितरण गरिएको छ ।