अस्ताए भूमिसुधार आन्दोलनका अगुवा तुलाचन

अन्नपूर्ण गाउँपालिका–३ दानाका अगुवा चक्रप्रसाद तुलाचनको निधन भएको छ । तत्कालिन समयमा गाउँ फर्क अर्थात भुमीसुधार आन्दोलनका अगुवा, दाना गाउँपञ्चायतका प्रधानपञ्च समेत रहेका तुलाचनको शुक्रबार पोखरामा अन्तेष्टी गरिएको छ ।दानाको शिक्षा,स्वास्थ्य सहित दर्जनौ अभियानको नेतृत्व गरेका तुलाचनको ७३ बर्षको उमेरमा पोखरास्थित आफ्नै निवासमा निधन भएको थियो ।

गोरख दक्षिणबाहु चौथोबाट समेत विभुषित भएका तुलाचन राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा बि.श २०६१–६२ सालमा जिल्ला विकास समितिको सभापतिको जिम्मेकारी समेत सम्हालेका थिए । लामो समयदेखि विरामी तुलाचनलाई शुक्रबार प्रथम गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा दाना मेलाको अवसरमा श्रद्धाञ्जली ब्यक्त गरिएको थियो ।

दानास्थित ज्ञानप्रकाश माविका संस्थापकप प्रधानध्यापक समेत रहेका तुलाचनले विद्यालयलाई आधारभुत तहबाट निमावीको सम्बन्धनका लागी तत्कालिन समयमा खेलेको भूमिकालाई स्थानीयले सम्झिएका थिए ।‘उहाँको निधनले अपुरणीय क्षती भएको छ,’दाना गाउँले अभिभावक गुमाएको छ‘ बेल बहादुर पूर्जाले भने । उनले दानाको शिक्षा, स्वास्थ्य सहित पर्यटनको क्षेत्रमा समेत स्वर्गीय तुलाचनको भूमिका रहेको बताए ।

तत्कालिन समयमै यूवापुस्तालाई आर्कषित तथा भूमिसुधारको अभियानलाई बल पु्ग्ने गरी आफ्नै गाउँमा फर्किर सेवामा संलग्न हुन तुलाचनले गरेको प्रयास अहिले पनि उस्तै महतव रहेको रुप्से यूवा क्लवका सचिव बाबुराम पौडेलले बताए । उनका अनुसार क्लवका हरेक अभियानमा समेत स्वर्गीय तुलाचनबाट आर्थिक तथा विभिन्न सल्लाहसुभाव प्राप्त हुने गरेको बताए । गाउँमा रहेको रुप्से झरनाको प्रचारप्रसारका लागी हुलाक टिकटमा समेत झरनालाई समावेश गर्ने क्रममा तुलाचनले तत्कालिन समयमा सक्रियता देखाएको स्थानीय बृद्धिजिविको भनाई छ । यसैबीच स्वर्गीय तुलाचको एक कार्यक्रम गरी श्रद्धाञ्जली सभा गरिने बताइएको छ ।

यता दानाबाट प्रवासमा रहेर दानाको विकासमा सक्रिय फ्रेन्डली ब्रर्दश दाना सेरोफेरो युकेका अध्यक्ष बल पूर्जा र ज्ञानप्रकाश मावि सहित शिक्षा क्षेत्रको विकासका लागी स्थापित शिक्षा विकास अक्षय कोषका अध्यक्ष मान गर्बुजाले समेत दानाका पिताको रुपमा चिनिएको तुलाचनको निधनले स्तब्ध भएको बताएका थिए । उनीहरुले स्वर्गीय तुलाचनको विकासप्रेमी अभियानलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाए ।