पाखापानीमा सार्वजनिक सुनुवाई,सबै वडामा सडक सञ्जाल प्राथमिकतामा

म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा पहिलो चौमासीकको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ। गाउँपालिकाले प्रवाह गरिएका सेवा, विकास निमार्ण कार्यक्रम, तथा सामाजिक सुरक्षा, सुशासन र समग्र सेवा सुविधाको बिषयमा सार्वजनिक सुनुवाई गरिएको हो ।

सार्वजनिक सुनुवाईमा वडा नं ५ झिँ, ६ पाखापानी, ७ चिमखोला, ८ कुईनेमंगले वडामा भएका विकास निमार्णको र गाउँपालिकाबाट प्रधान गरिने सेवा सुविधाको बिषयमा जानकारी गराइएको थियो । जिल्लाको दुर्गम क्षेत्रका जनतालाई घरदैलोमै सेवा दिने गरी योजनाबद्ध तरिकाले अगाडी बढेको अध्यक्ष भव बहादुर भण्डारीले बताए । गाउँपालिका भित्रका जनतालाई गाउँबस्तीकै सेवासुविधा उपलब्ध गराउने गरी पहल भइरहेको बताउँदै दुर्गमका जनतालाई आधारभुत सुविधा पु¥याउने गरी अगाडी बढेको बताए ।

गाउँपालिकाले पाखापानीमा सञ्चालन गदैं आएको सेवा केन्द्रलाई थप प्रभावकारी बनाउने बताउँदै अध्यक्ष भण्डारीले पाखापानी देखि मौवाफाँट पुग्न अव सदरमुकाम बेनी हुदै जानुनपर्ने गरी सडक सञ्जाल विस्तार गरिने बताए । उनले गाउँपालिका भित्रका धार्मिक तथा पर्यटकीयस्थललाई समेत प्रचारप्रसार तथा पूर्वाधार विस्तार गरिने बताए ।

उनले गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेको राहुघाट जलविद्युतले समेत गाउँपालिकाका विकासे अभियानमा सहयोग गर्ने बताउँदै पक्की पुलबाट राहुघाट वारीपारी जोडिने बताए । सोही अवसरमा गाउँपालिका उपाध्यक्ष कमला तिलिजाले विकास निर्माण अन्तरगत सडकलाई प्राथमिकता दिइएको बताईन् । उनले सबै वडामा सडक सञ्जाल पु¥याउने तथा बस्तीमा आवश्यकता अनुसार मापदण्डमै रहेर सडकको पहुँच पु¥याउने बताउँदै स्वास्थ्य, र शिक्षाको कार्यक्रमहरुलाई प्रथमिकतामा राखेर काम गरिएको बताईन् ।

उनले महिलाहरुको क्षमता बृद्धि गर्न कार्यक्रम र बजेट समेत बिनियोजन गरेको समेत जानकारी गराएकी थिईन् । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले गाउँपालिकाबाट प्रदान गरिने सेवा सुविद्याको बिषयमा आएका जिज्ञासाको बारेमा बताउदै जनाताको सुविद्याको लागी सनिबार पनी सेवा प्रदान गर्नको लागी वडा वडामा खटिने गरेको बताए। उनले जेष्ठ नागरिक र अपाङ्गगता भएका व्यक्तीका लागी घुम्ती शिविरको आयोजना गरेको बताए ।

त्यस्तै कार्यक्रममा उठेका प्रश्नहरुको सम्बन्धित शाखाका प्रमुखहरुले जवाफ दिएका थिए। गाउँपालिकको आयोजना रेडियो म्याग्दी १०४.४ मेघाहर्जको सहजिकरणमा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका प्रशासन शाखा प्रमुख दयाराम पौडेल, लेखापाल त्रिबिक्रम सुवेदी वडा न ५ का अध्यक्ष मनबहादुर शरेपुर्जा लगाएतले सहभागीको जिज्ञासालाई सम्बोधन गरेका थिए । कार्यक्रम ६ न वडाका अध्यक्ष मनकुमार शेरमुञ्जाको अध्यक्षता पत्रकार निर्मल खत्री र राकेश शर्माको सहजिकरणमा सम्पन्न भएको थियो।