मालिका गाउँपालिकाका सबै वडामा हेलिप्याड

जिल्लाको मालिका गाउँपालिकाका सबै वडामा हेलिप्याड निर्माण गरिएको छ । आकस्मिक बिरामी र दुर्घटनाका घाईतेलाई तत्कालै उद्धार गरी अस्पतालसम्म पु¥याउन र विपद्मा आवश्यकता अनुसार राहत उपलब्ध गराउन सहज हुने गरी गाउँपालिकाको सक्रियतामा सातवटै वडामा हेलिप्याड बनाइएको छ । जिल्ला विपद् ब्यवस्थापन समिति, शसस्त्र प्रहरीले प्राविधिक सहयोगमा हेलिप्याड निर्माण गरिएको गाउँपालिकाकी उपाध्यक्ष खरमायाँ विटालुले बताईन् ।

‘प्राविधिक सहयोगले मापदण्ड अनुसारको हेलिप्याड बनाउन सफल भएका छौ,‘स्थानीयबासीले समेत सहयोग गर्नुभयो’ बिटालुले भनिन् । उनका अनुसार वडा नं १,२ मा स्वास्थ्यचौकी नजिक, वडा नं ३ वडा कार्यालय नजिक, वडा नं ४ ओखरबोट मावि नजिक, वडा नं ५ स्वास्थ्यचौकी नजिक, वडा नं ६ मा पुरानै र वडा नं ७ स्वास्थ्यचौकी नजिक रहेको बताईन् ।

सरकारले दुर्गम क्षेत्रका गर्भवती, सुत्केरी, नवजात शिशुको उपचारका साथै दुर्घटनामा गम्भीर घाईतेमा सहजै उपचारको पहुँच बढाउन सुरू गरेको ’एयर एम्बुलेन्स’ सुरू गरेपछि वडास्तरमै नेपाली सेनाको एआई १७ हेलिकप्टरलाई समेत सहज हुने गरी हेलिप्याड निर्माणलाई प्राथमिकता दिएको थियो । जिल्लामा मालिका गाउँपालिका हेलिप्याड बनाउनेमा पहिलो भएको छ । बस्ती तथा स्वास्थ्य स्वास्थ्यचौकी आसपासका जग्गामा हेलिप्याड बनाइएको छ ।

एउटै बस्तीबाट अर्कोमा पुग्न एकदिन समेत लाग्ने गाउँमा भविस्यमा आवश्यकता अनुसार थप गर्न सकिने गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । हेलिप्याड निर्माणको क्रममा प्रजिअ लीलाधर अधिकारी, प्रहरी नायव उपरिक्षक बीरबहादुर बुढा र शसस्त्र प्रहरी गलेश्वर यूनिटका प्रमुख अनिल कार्कीले स्थलगत रुपमै अनुगमन समेत गरेका थिए । हेलिप्याडले आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आवतजावतमा सहज हुने स्थानीयको भनाई छ । जिल्लाको मंगला, धवलागिरी, रघुगंगा गाउँपालिकामा समेत धमाधम हेलिप्याड निर्माण भइरहेका छन् ।