राष्ट्रपति रनिङ शिल्डको उपाधी प्रभा मावि नारच्याङले जित्यो

म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा प्रभा मावि नारच्याङ प्रथम भएको छ। गाउँपालिकाको आयोजनामा दानाको ज्ञानप्रकाश माविमा शुक्रबार सम्पन्न भएका खेलहरुमा वडा नं ४ स्थीत प्रभा माविले कुल २ सय १७ अङ्क जोड्दै उपाधी जितेको हो । प्रतियोगितामा वडा नं ६ घारको मुक्तिमार्ग माविले १५४ अङ्क, हिस्तानको टिकोट माविले ११६ अङ्क, प्राप्त गदैं क्रमश द्धितिय, तृतिय भएका छन् ।

त्यस्तै प्रतियोगितामा भुरुङ तातोपानीको सर्वोदय मावि, १०८ अंक जोड्दै चौथो भएको स्रोत व्यक्ति भरत पुनले बेनीअनलाइनलाई बताए । उनका अनुसार प्रतियोगितामा ज्ञानप्रकाश मावि, शिख माविले क्रमश ९९ अंश प्राप्त गरेका थिए । ‘उत्साहजनक सहभागितामा खेलकुद सम्पन्न भएको छ ।

ग्रामिण क्षेत्रमा खेलकुद प्रतियोगिताले रौनकता छाएको थियो’ श्रोतब्यक्ति पुनले भने । प्रतियोगितामा आर्कषक मानिएको कवड्डी खेलको छात्र तर्फ प्रभा मावि प्रथम,सर्वोदय मावि द्धितिय र कैशाल मावि दोवा तृतिय भएका थिए । त्यस्तै छात्रा तर्फ प्रभा, कैशाल मावि र सर्वोदय मावि क्रमश प्रथम, द्धितिय र तृतिय स्थान हात पारेका थिए ।भलिबल तर्फको खेलमा छात्र तर्फ मुक्तिमार्ग मावि घार प्रथम, ज्ञान प्रकाश मावि द्धितिय र कैशाल मावि दोवाले तृतिय स्थान हात पारेका थिए ।

त्यस्तै छात्रा तर्फ ज्ञान प्रकाश मावि, शिख मावि, र टिकोट मावि क्रमश प्रथम, द्धितिय र तृतिय स्थान हात पारेका थिए । प्रतियोगितामा भलिबल र कवड्डीमा प्रथम हुनेले ४२ अङ्क रहेको थियो । कवड्डी तर्फको दुवै खेल प्रभाले जित्दा सम्रग नजितामा फराकिलो अन्तरले विजय भएको थियो । प्रतियोगिताका अन्य विधामा समेत प्रभाका खेलाडीले उपाधीका लागी निकै मेहनत गरेका थिए ।

प्रतियोगितामा कवड्डी तर्फ सर्वोदयका रोशन द्धारचन, प्रभा माविकी गिता थजाली उत्कृष्ट घोषित भए । भलिबल तर्फ ज्ञानप्रकाश माविका निशान पुर्जा, शिख माविकी दुर्गा पाईजा उत्कृष्ट खेलाडीको सम्मान पाएका थिए । यसैगरी एथलेटिक्स तर्फ ज्ञानप्रकाश माविका मेखबहादुर खोरजा, टिकोट माविकी बर्षा फगामीले उत्कृष्ट खेलाडीको सम्मान पाए ।

प्रतियोगिताको समापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर केसी,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेल, सामाजिक विकास संयोजक ओमप्रकाश फगामी, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दल बहादुर थापा,श्रोतब्यक्ति जयराम सुबेदी लगाएतको उपस्थितीमा पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा गाउँपालिका भित्रका १० विद्यालयको सहभागिता रहेको छ। प्रतियोगितामा बिजेताले रनिङ्ग कप, मेडल र प्रमाणपत्र सहित ५० हजार रुपैयाँ नगद, उपबिजेताले २५ हजार रुपैयाँ र तितृयले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।