यात्री धर्मशालाको उद्घाटनमा आउने खवर पठाएका श्रेष्ठ भारतमै अस्ताए

बेनी नगरपालिका–९ गलेश्वरधाममा निजी लगानीमा धर्मशाल बनाउँदै गरेका नेपाल होटल तथा पर्यटन उद्योगका संस्थापक गोविन्ददास श्रेष्ठले रुद्ध बहादुर केसीलाई नियमित रुपमा धर्मशालाको निर्माणधिन अवस्थाका बारेमा जानकारी लिने गरेका थिए । गतबर्षको फागुन १५ गते आफ्नै उपस्थितीमा शिलन्यास गरेका श्रेष्ठले क्षेत्र विकास कोषका अध्यक्ष केसीलाई आफ्नै उपस्थितीमा भवनको उद्घाटन गर्ने बताएका थिए । ‘उहाँले फागुन महिनामै उद्घाटन गर्ने योजना बनाउनुभएको थियो,‘उहाँकै चाहना अनुसार आश्रम बन्दै थियो’ केसीले भने ।

काठमाडौंको लाजिम्पाटस्थित होटल ¥याडिसनका अध्यक्ष समेत श्रेष्ठले सरस्वती–गोविन्द फाउण्डेशनको नाममा आश्रम बन्दै थियो । धर्मशालाको शिलन्यासमा श्रेष्ठकी श्रीमति सरस्वती, बुहारी मिसु र छोरी अनुराधा श्रेष्ठ समेत आएका थिए । गलेश्वरधाम र मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शनका लागि आउने तिर्थयात्रीलाई लक्षित गरी निर्माण गरिएको थियो । ५० लाख भन्दा धेरै लागता ७६ दशमलव ३ फिट लम्बाई र २२ दशमलव ६ फिट चौडाई रहेको छ भने भुइँ तलामा २ कोठा र पहिलो तलामा ३ ओटा कोठा बनिसकेको छ ।

मुक्तिनाथ मन्दिरको प्रवेशद्धार समेत रहेको गलेश्वरमा रहेको अन्नदान आश्रममा निशुल्क भोजनको ब्यवस्था भएपनि तिर्थयात्रीलाई बस्ने बासको समस्या भइरहेको अवस्थामा निर्माण हुने भवनले सहज भएको छ। भवनको लागत स्टमेट अनुसार ५६ लाख ४१ हजार ६९२ रुपैयाँ रहेपनि श्रेष्ठको सहयोगको परिधिभित्र रहेर धर्मशाला निर्माण गरिएको थियो । थप लागत समेत उनले नै ब्यवस्था गर्ने बताएका थिए । भारतको मुम्बईमा मृत्यु भएका गोविन्ददास श्रेष्ठले होटलको आम्दानीको करिव २० प्रशिसत फाउन्डेसन मार्फत सहयोग गर्ने गरेका थिए । उनको मृत्युको खवरले भवन उद्घाटन सहितका कार्यक्रमहरुलाई परिवारको सल्लाह अनु्सार अगाडी बढाउने बताइएको छ ।

कृष्णागण्डकीबाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ । गलेश्वरधाममा रहेका ज्योतिर्लिङ, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर कार्कीको अध्यक्षता र सदस्य सचिव माधवप्रसाद रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा समन्वयकर्ता हरिप्रसाद तिवारीले मन्तव्य राखेका थिए ।