म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुदमा छेलो (ठेलो ) प्रहार गदैं खेलाडी । डेढ दशक अगाडीसम्म हरेक गाउँमा लाग्ने मेलापर्वमा एउटा आर्कषक खेल मानिने छेलो हान्ने चलन पछिल्लो समय प्रतियोगितात्मक क्रियाकलापमा मात्रै हुने गरेको छ । छेलोमा प्रथम हुनेलाई शक्तीशाली समेत भन्ने गरिएकाले पनि हेर्नेको भीड नै लाग्ने गरेको छ । प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुदमा छात्रछात्रा दुवैमा विभिन्न विद्यालयबाट खेलाडीले छेलो हान्ने खेलमा सहभागी छन् । तस्वीर सौजन्य सुरेन गुरुङ