अन्नपूर्णको प्रथम राष्ट्रपति रनिङ्ग शिल्डको दोस्रोे दिनका खेल सम्पन्न

अन्नपूर्ण गाउँपालिकास्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन विभिन्न विधाका खेल सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा वडा नं ३ दानाको ज्ञानप्रकाश माविमा मंगलबारदेखि सुरू भएको प्रतियोगिता अन्तरगत ज्याबलिङ थ्रोमा हिमाञ्जल माविका मेख बहादुर खोरजा स्वर्ण, प्रभा माविका लोचन रोका रजत र आर्दश माविका दिपक गर्बुजाले काँस्य पदक जिेतका छन् ।

महिलातर्फ टिकोट माविकी हिरादेवी पुन, प्रभा मावकी सुस्मिता तिलिजा र कैलाश माविकी निता विक क्रमश प्रथम, द्धितिय र तृतिय भएका छन् ।प्रतियोगिताको १५ सय मिटर छात्र तर्फको खेलमा प्रभा माविका सनम तिलिजा प्रथम, टिकोट माविका एनिक बुदुजा द्धितिय र टिकोटकै जनक पाईजा तृतिय भएको दानाबाट बेनीअनलाइनका सहयोगी पत्रकार सुरेन गुरुङले बताए ।

उनका अनुसार बुधबार नै सम्पन्न भएको प्रतियोगिताका अन्य विधामा सटफुटको छात्र तर्फको खेलमा हिमाञ्जल मावि, टिकोट मावि र आर्दश माविका खेलाडी क्रमश प्रथम द्धितिय, तृतिय भएका थिए । त्यस्तै छात्रा तर्फ ज्ञानप्रकाश मावि, पाउद्धार र प्रभा माविबाट सहभागी खेलाडीले प्रथम, द्धितिय र तृतिय स्थान हात पारेका छन् ।८ सय मिटर दौडमा छात्र तर्फको खेलमा शिख माविका खेलाडी प्रथम, प्रभा मावि द्धितिय, मुक्तिमार्ग मावि घारका खेलाडीले तृतिय स्थान हात पारेका छन् ।

त्यस्तै छात्रा तर्फको खेलमा मुक्तिमार्ग प्रथम, शिख मावी द्धितिय र प्रभा माविका खेलाडीले तृतिय स्थान हात पारेका छन् । यसैबीच २ सय मिटरमा मुक्तिमार्ग मावि, शिख मावि र ज्ञानप्रकाश माविका खेलाडी प्रथम, द्धितिय, तृतिय स्थान प्राप्त गरेका थिए । यो समाचार तयार पर्दासम्म केही खेलमा विजेता भएका खेलाडीको नाम प्राप्त भएको छैन् । गाउँपालिका भित्रका १० विद्यालयको सहभागिता रहेको छन् । प्रतियोगिता अन्तरगत भलिबल र कवडी खेलको पहिलो चरणका खेल सञ्चालन भइरहेका छन् ।