मल्कवाङमा खेलकुद मैदान निर्माण

जिल्लाको विकट धवलागिरी गाउँपालिका–५ मल्कवाङमा खेलकुद मैदान निर्माण गरिएको छ । गाउँमा ब्यवस्थित खेलकुद मैदानको अभावमा खेलजन्य गतिविधि प्रभावित भएपछि वडा र स्थानीय सनलाईट यूवा क्लवको सक्रियतामा स्थापना भएको खेलमैदानको नेपाली कांग्रेस म्याग्दीमा सभापति खम्बीर गर्बुजाले उद्घाटन गरेका छन् ।

खेलकुद मैदानको तथा यूवा क्लवले आयोजित मेलाको उद्घाटन गदैं गर्बुजाले निर्वाचनमा विभिन्न पार्टीमा बिभाजित भएपनि अन्य समयमा सहकार्य गरी गाउँको विकासमा लाग्न अनुरोध गरे । ‘तपाईहरूले दिएको मतलाई उच्च सम्मान गर्छु,’‘यूवाहरूको सक्रियताले नै गाउँको विकास सम्भव छ’ गर्बुजाले भने । उनले निर्वाचनमा प्राविधिक कारणले पराजित भएपनि गाउँलेलाई दिएको प्रतिबद्धतालाई पुरा गर्ने बताए ।

उनले धवलागिरी गाउँपालिका भित्रका विकास निर्माण सहितका गतिविधिमा आफ्नो सक्रियतालाई थप प्रभावकारी बनाउन समेत अनुरोध गरे । सोही अवसरमा पूर्व सांसद रेशम बहादुर बानियाँले स्थानीय सरकारबाट जनताले धेरै अपेक्षा गरेकाले पनि वडा भित्रका समस्यालाई स्थानीय, प्रदेश हुदै केन्द्रसम्म पु¥याृउन आवश्यक सहयोग गर्ने बताए । उनले नेकपाको सरकारमा कांग्रेस प्रतिपक्षमा भएपनि जनताका आवश्यकतालाई पुरा गर्न निरन्तर काम गर्ने बताए । सोही अवसरमा वडा अध्यक्ष खर्क कुमारी छन्त्याल,मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, महिला संघकी अध्यक्ष विमला गौचन, समाजसेवी अमर छन्त्याल लगाएतले मन्तब्य राखेका थिए ।

यूवा क्लवले खेलकुद सहित विभिन्न कार्यक्रम गर्ने उद्देश्यका साथ निर्माण गरिएको खेलकुद मैदानलाई कांग्रेस सभापति गर्बुजाले १ लाख, पूर्व सांसद बानियाँ ५ हजार, छिमेकी गाउँपालिकाका अध्यक्ष रोका ५ हजार, महिला संघकी अध्यक्ष गौचनले ५ हजार सहयोग समेत गरेकी थिईन् । करिव ५ लाखको लागतमा सम्पन्न भएको खेलमैदानको निर्माण भएपछि भलिबल, फुटबल सहित विभिन्न खेलकुद सञ्चालनमा सहज हुने अध्यक्ष देविन छन्त्यालले बताए ।
खेलकुद मैदानको उद्घाटन गदैं नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा ।