राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले नीजि विद्यालयको आयू लामो नभएको बताएका छन् । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागी सरकारले गरेको लगानी अनुसारको उपलब्ध नभएकाले निजी विद्यालयमा अभिभावकको आर्कषण बढेको बताउँदै देशभरका सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार ब्यवस्थित भएमा निजी विद्यालयबाट विद्यार्थी लर्को लागेर आउने बताए ।

पर्वतको जलजला–२, बगरफाँटस्थित शिद्धबाबा आधरभूत विद्यालयमा सोमबारदेखि सुरु भएको महायज्ञको उद्घाटन गदै अध्यक्ष तिमिल्सीनाले राज्यले सामुदायिक विद्यालयमा ठुलो लगानी गरेको अवस्थामा आवश्यकता अनुसार शैक्षिक गतिविधिमा सुधार ल्याउन नसकिएको अध्यक्ष तिमिल्सीनाको भनाई थियो । ‘नीजिमा विद्यार्थीको चाप बढ्नु नै सरकारी विद्यालयका शिक्षकको जागिरे मानसिकता पनि प्रमुख कारण हो’ अध्यक्ष तिमिल्सिनाले भने ।

उनले सामुदायिक विद्यालयका शिक्षकको जागिरे मानसिकता त्यागेर बिद्यालय शिक्षाको स्तर माथि उकास्नुपर्ने बताए । ‘कस्तो जमाना आयो, राम्रो कुरा गर्दा पनि फेसबुकमा गाली गर्छन’ तिमिल्सीनाले भने । उनले बिहान १० देखि दिउँसो ४ बजेसम्म जागिरको रुपमा मात्रै विहान १ घण्टा अगाडी र बेलुकी १ घण्टा अतिरिक्त समय दिएर भएपनि शिक्षकले आफ्नो जिम्मेबारी पुरा गर्नुपर्ने बताए । बालबालिकाले मोवाईलमा कार्टुन हेरेर बस्ने गरेको बताउँदै आधारभुत तहदेखि कम्प्यूटर शिक्षालाई लागु गर्न सकेमा स्वअध्ययन र सूचना प्रबिधिको प्रयोग गरेर अध्यापन गर्न सकिने बताए ।

उनले आधारभुत तहका कम्प्यूटर कक्षा सञ्चालन गर्न सकेमा विद्यार्थीको गुणस्तरमा समेत सघाउने र घरमा समेत मोवाइलको प्रयोग घट्ने बताए । अधिकांस समय शिक्षा र शिक्षकका बारेमा बोलेका अध्यक्ष तिमिल्सीनाले कालिगण्डकीमा पाईने शालग्रामको संरक्षण, उत्तरी नाका हुदै चिनियाँ पर्यटकको आगमन, धार्मिक तथा पर्यटकीय गन्तब्य विकासमा स्थानीय सरकारलाई समेत सघाउनुपर्ने बताए ।

जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले शिक्षा क्षेत्रमा प्राथमिकता दिएर बजेट विनियोजन गर्ने बताए । महायज्ञको उद्घाटन कार्यक्रममा पण्डित कमलनयन गौतम,वडा अध्यक्ष गोविन्द जिसी, देबेन्द्र भण्डारीले मन्तब्य राखेका थिए । विद्यालयलाई आर्थिक स्रोत जुटाउन आयोजित महायज्ञमा करिव ९० लाख रुपैयाँ भन्दाबढी सङ्कलन गर्ने उद्देश्य रहेको बताए।

महायज्ञबाट सङ्कलन हुने रकमबाट भौतिक पूर्वाधारको स्तरोन्नति, प्रत्येक वर्ष कक्षा थप, अग्रेजी तथा नेपाली माध्यमबाट पठपाठन, कम्प्युटर शिक्षा, आधुनिक पुस्तकालय, स्वच्छ वातावरणमा पठनपाठन निर्माणका लागि खर्च गरिने बताइएको छ। उद्घाटन कार्यक्रमको अध्यक्षता ब्यवस्थापन समितिका अध्यक्ष हिरा बहादुर बरुवाल, सञ्चालन प्रचारप्रसार उपसमितिका संयोजक कृष्ण जिसी र स्वागत समितिका सचिव मुकुन्द बैरागीले गरेका थिए । विद्यालयमा कार्यरत ३ जना शिक्षकलाई निजी स्रोतबाट पारिश्रमिकको व्यवस्था गरिएको छ । विद्यालयमा ४१ जना अध्यनरत छन् । विद्यालयमा कार्यरत ३ जना शिक्षकलाई निजी स्रोतबाट पारिश्रमिकको व्यवस्था गरिएको छ ।