यी हुन् म्याग्दीबाट गण्डकी प्रदेशकोे प्रतियोगितामा छनौट खेलाडी (नामावली सहित)

आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा म्याग्दीबाट विभिन्न ८ खेलमा १ सय ५६ जना खेलाडी छनौट भएका छन् । जिल्ला खेलकुद समितिले विभिन्न समयमा आयोजित खेलकुद छनौट खेलमा छनौट भएकामध्ये पुरुष फुटबल २०,महिला १९, पुरुष भलिबल १२, महिला १४, पुरुष बास्केटबल १२, एथलेष्टिस् पुरुष ४, महिला ४ रहेका छन् । त्यसैगरी उसुमा पुरुष ५, महिला २, ब्याडमेन्टिन पुरुष ५, महिला ३, कवडीमा पुरुष १०, महिला १०, तेक्वाण्डो पुरुष १२, महिला १२, टेबल टेनिसमा पुरुष तीन जना र कराँतेमा पुरुष ८ महिला ७ जना रहेको खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताए।

उनले प्रदेशबाट राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी छनौट हुने गरी केहीदिन बन्द प्रशिक्षणको तयारी समेत गरिएको बताए ।जिल्लामा सञ्चालित खेलकुद प्रतियोगितामा सहभागी भएका खेलाडीको खेलका साथै प्रतियोगिता नै गरी छनौट गरिएको थियो ।म्याग्दी जिल्लाबाट प्रदेशस्तरीय खेलमा भलिबल, कराँते, उसु, टेक्वान्डो र बास्केटबल खेलमा पदकको सम्भावना रहेको छ ।विगतमा समेत राष्ट्रियस्तरको खेलकुद प्रतियोगितामा भलिबल,कराँतेमा पदक जितेको थियो । छनौट भएका खेलाडीलाई एक कार्यक्रम गरी विदाई गरिने खेलकुद विकास समितिले जनाएको छ ।