करबिर मेमोरियल भलिबल कपको उपाधी आयोजकलाई

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङमा आयोजित जिल्लास्तरीय अन्तरमावि करबिर मेमोरियल भलिबल कप प्रतियोगिताको उपाधी आयोजक केबी एकेडेमीले हात पारेको छ । गत बिहिबारदेखि सुरु भएको प्रतियोगितामा गतबर्षको विजेता माउण्ट एभरेष्ट आवासीय माविलाई पराजित गदैं उपाधीमा कब्जा जमाएको हो ।

विद्यालयले बार्षिक उत्सवको अवसरमा आयोजित खेलकुद सहित विविध कार्यक्रमको अन्तिम दिन आइतबार सम्पन्न भएको खेलमा विजेतालाई प्रमुख अतिथि गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, बिशिष्ट अतिथि उपाध्यक्ष खरमायाँ विटालु लगाएतले पुरस्कार वितरण गरेका थिए ।त्यस्तै प्रौड भलिबल प्रतियोगितामा दुखुबेसी प्रथम, बिम उपविजता भएको थियो ।प्र्रतियोगिताको अवसरमा विभिन्न १८ विद्यालयको सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम, द्धितियले क्रमश ३० हजार, १८ हजार, ट्रफी र मेडल हात पारेको छ ।

चारदिनसम्म सञ्चालन हुने प्रतियोगिताको अवसरमा विविध सांस्क्ृति कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रबन्ध निर्देशक हिरा पुनले बताए । प्रतियोगितामा म्याग्दीका भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँको नेतृत्वको टोलीको समेत सहभागिता रहेको थियो । पश्चिम म्याग्दीमा विद्यालयस्तरको प्रतियोगितामा केवी एकेडेमीले निरन्तरता दिएको छ । माविस्तरको भलिबल प्रतियोगितालाई प्राथमिकता दिएर खेलाडीको प्रतिभा पहिचानमा भूमिका खेलेको गाउँपालिका अध्यक्ष रोकाले बताए । उनले विद्यालयस्तरका प्रतियोगितामा आवश्यकता अनुसारका सहयोग तथा प्रोत्साहन कार्यहरुलाई निरन्तरता दिने समेत बताए ।