कालिपुलबाट ठूलो परिणाममा लागुऔषध बरामद

कालीपुल बसपार्कबाट प्रहरीले ठूलो परिणाममा लागुऔषध सहित एक यूवालाई पक्राउ गरेको छ । बेनी नगरपालिका–८ बसपार्क स्थित दाना होटल अगाडी बाटोमा प्लाष्ट्रिकको झोला लिएर हिडिरहेको अवस्थामा उदयपुर कटारी नगरपालिका १० घर भई लागु औषधको ओसारपोसारमा संलग्न २४ बर्षिय आर्यन कार्कीबाट लागुऔषध बरामत गरिएको प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले बताए । अभियुक्तबाट डाईजेपाम २४, एम्पुल २४, फेनोरागन २४,नुर्फिन २४का साथै लागुऔषधका प्रयोगकर्ताले प्रयोग गर्ने अन्य पदार्थ समेत बरामत गरिएको छ ।

यो पछिल्लो समय बरामद भएको सबैभन्दा धेरै भएको प्रहरीले जनाएको छ । अभियुक्तलाई लागुऔषध मुद्धामा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।विगतमा समेत लागुऔषधको प्रयोगमा नियन्त्रणमा लिइएका यूवाहरुलाई समेत निगरानी तथा जिल्ला प्रवेश गर्ने सवारीसाधनमा छड्के चेकजाँच गर्ने गरिएको छ ।

दुईबर्ष अगाडी लागुऔषधका दुब्र्यसनीहरूलाई लक्षित गरेर ल्याइएको औषध, गाँजा सहित बेनीबजारका एक यूवा समेत पक्राउ परेका थिए । पर्वतबेनी हुदै म्याग्दी र मु्स्ताङ जाने कालिपुल बसपार्कमा लागुऔषधका कारोबारी, भरियाहरु पक्राउ पर्न थालेपछि प्रहरीले कडा निगरानी गर्ने गरेको छ ।