संबैधानिक अधिकारको उपयोगका लागि अग्रसर बन्न महिलाहरुलाई आग्रह

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान र विद्यमान कानुनमा रहेका संवैधानिक व्यवस्था सम्बिन्धि प्रशिक्षण कार्यक्रम शुक्रबार बेनीमा सम्पन्न भएको छ ।नेपाल कम्युनिष्ट पार्टी निकट अनेमसंघ र अनेमसंघ क्रान्तिकारी म्याग्दीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सहभागिहरुले संवैधानिक अधिकारको उपभोग र व्यवहारिक कार्यान्वयनमा जोड दिएका थिए।

कार्यक्रममा अनेमसंघका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य गोमा देवकोटाले संबिधानमा भएका व्यवस्थाको उपभोग गरेर प्राप्त राजनितिक उपलब्धीलाई संस्थागत गर्न महिला नेतृत्वको विकास र अग्रसरतामा जोड दिनुभयो । कार्यक्रममा अनेमसंघका गण्डकी प्रदेश संयोजक टुका हमाल, अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सचिव भवीकला रोका, अनेमसंघका प्रवत्ता ममतादेवी शर्मा, नेकपाका नेता गोविन्द पौडेल र मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

अनेमसंघ क्रान्तिकारीका अध्यक्ष ज्योती लामिछानेको अध्यक्षता, मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुको सञ्चालन र सचिव हेमकुमारी पुनले स्वागत गर्नुभएको कार्यक्रममा दिवाकुमारी पुन र बेनी नगर कार्यपालिका सदस्य दुर्गा कार्की बानियाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।