म्याग्दीमा वडापिच्छे एआई-१७ हेलिकप्टर अवतरण गर्न मिल्ने हेलिप्याड बन्दै

Helicopter pad on remote mountain, the first pad is marked with H

म्याग्दीमा वडापिच्छे हेलिप्याड बनाउने अभियानले तिब्रता पाएको छ । आकस्मिक बिरामी र दुर्घटनाका घाईतेलाई तत्कालै उद्धार गरी अस्पतालसम्म पु¥याउन र विपद्मा आवश्यकता अनुसार राहत उपलब्ध गराउन सहज हुने गरी स्वास्थ्यचौकी आसपासका क्षेत्रमा हेलिप्याड बनाउन जिल्ला विपद् ब्यवस्थापन समितिले स्थानीय तहसंग सहकार्य गरी दुईबर्ष भित्र जिल्लाका ६ वटै स्थानीय तहका ४५ वडामा साना तथा नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टर अवतरण गर्न मिल्ने हेलिप्याड बनाउने जनाएको छ ।

सरकारले दुर्गम क्षेत्रका गर्भवती, सुत्केरी, नवजात शिशुको उपचारका साथै दुर्घटनामा गम्भीर घाईतेमा सहजै उपचारको पहुँच बढाउन सुरू गरेको ’एयर एम्बुलेन्स’ सुरू गरेपछि वडास्तरमै नेपाली सेनाको एआई १७ हेलिकप्टरलाई समेत सहज हुने गरी हेलिप्याड सुरू गरिएको स्थानीय तहले जनाएका छन् । वडास्तरमा नयाँ हेलिप्याड निर्माण गरिएपनि हरेक स्थानीय तहमा एउटा आइकाओ मापदण्ड अनुसारको करिव २० लाख खर्च हुने गरी लाइटिङ सहित रातको समयमा समेत अवतरण गर्न मिल्ने हेलिप्याड बनाउने विषयमा समेत समान्य छलफल सुरु भएको छ ।

रातको समयमा अवतरण गर्ने मिल्ने हेलिप्याडमा लाईटिङ, इन्ट्री र एक्जिट प्वाइन्ट हुन्छन् । अन्तराष्ट्रियस्तर मापदण्ड भएकाले पनि यसलाई आगामी पाँचबर्षभित्र केही स्थानीय तहमा प्रयोगमा ल्याउन सकिने बताइएको छ । हरेक वडामा बनाइने हेलिप्याडमा शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले प्राविधिक सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए ।’दुईवटा वडामा हेलिप्याड बनाइसकिएको छ,‘धेरै ठाउँमा जग्गालाई ब्यवस्थापन गनुपर्ने छ’ अधिकारीले भने । उनले स्वास्थ्यचौकी आसपासका जग्गा सहज हुने बताए ।

उनले आगामी दुईब्र्ष भित्र जिल्लाका सबै वडामा हेलिप्याड बनाउने लक्ष्य रहेको बताए ।‘एउटै वडामा तीनवटासम्म हेलिप्याडको आवश्यकता छ,‘आपतकालिन उद्धारलाई प्रभावकारी बनाउने प्रयासमा छौ’ प्रजिअ अधिकारीले भने । उनले स्थानीय तहसंग सहकार्य गरी आयोजित एकिकृत घुम्ती शिविरको अवसरमा रघुगंगा गाउँपालिकाको पाखापानी र मालिका गाउँपालिकाको रुममा दुईवटा हेलिप्याड बनाइएको बताए ।५ वडामा प्रारम्भीरक अवलोकन समेत गरिएको छ । भौगोलिक विकटता, जीर्ण सडक र एम्बुलेन्सको अभावका कारण जटिल खालका बिरामीलाई समयमा अस्पताल पुर्या उन समस्या हुँदै आएको छ ।

जिल्लाका केही वडाका एउटै बस्तीबाट अर्कोमा पुग्न एकदिन समेत लाग्ने गाउँहरु समेत छन् । त्यस्ता गाउँमा हेलिप्याड बनाउँदा एउटै वडामा ५ वटासम्म आवश्यकता पर्ने मालिका गाउँपालिकाकी उपाध्यक्ष खरमायाँ विटालुले बताईन् । हेलिप्याडले आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आवतजावतमा सहज हुने बताए । पर्यटकीयस्थलमा घाईते भएका पर्यटक तथ हलिकप्टरबाट घुम्न आउनेलाई समेत सहज हुने भएकाले पनि स्थानीय तहले समेत प्राथमिकता दिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थापा समेत म्याग्दीकी हुन् ।

उनले जिल्ला भ्रमणमा समेत एयर एम्बुलेन्सका लागी न्यूनतम पुर्वाधारमा स्थानीय तहले चासो देखाउनुपर्ने बताउने गरेकी थिईन् । जिल्लाको धवलागिरी, रघुगंगा गाउँपालिकाका केही वडामा अझे सडक सञ्जाल पुग्न सकेको छैन् । गत कात्तिक २६ गते गृहमन्त्री रामबहादुर थापाले विपद् ब्यवस्थापनमा पूर्व तयारीलाई मध्यनजर गरी जिल्ला तथा स्थानीय तहमा प्रभावकारी संयन्त्र बनाउने अभियान अन्तरगत जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको जिल्ला विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रको उद्घाटन समेत गरेका थिए । स्थानीयतहले हेलिप्याड निर्माणका लागी आवश्यक बजेट विनियोजनको तयारी समेत गरेका छन् ।