भजनकृतन जोगाउनै मुस्किल

पाश्यात्य संस्कृतिको अतिक्रमणबाट नेपालको मौलिक लोभ हुने अवस्थामा पुगेको छ । विश्वकै मौलिक कला र संस्कृतिको रुपमा चिनिने भजनका बारेमा यूवापुस्तालाई रुची नै छैन्, बुढापाकाले धन्काउन सक्दैनन् । भजनकृतमा सक्रियता देखाउने पुराना पुस्ताको प्रयासले मन्दिर, गाउँघरमा बेलाबेलामा गुन्जिने गरेको छ ।

प्राचिनकालिन भजनमा आफ्नै शैली, लय अनि रहस्य लुकेको भएपनि युवापुस्ताको रक, पप र विदेशी गीतप्रतिको मोहले विस्तारै गाउँघरमा गाला च्याउरी परेका बुढापाकाकै जिम्मेबारीमा छ । सहरबजारमा करिव एकदशक यतादेखि नै देखिन छोडेको भजनकृतन गाउँघरमा समेत विस्तारै खोज्नै पर्ने अवस्थामा पुगेको पन्डित भिमनाथ पराजुली बताउहुन्छ । ‘हिन्दुलाई विदेशी धर्मले आक्रमण गरेको छ,‘धर्मको जर्गेना गर्ने भजनकृतन हराउँदै गएका छन्’ पराजुलीले भन्नुभयो ।

कुनैबेला बालाचर्तुदशी पर्वको अवसरमा प्रसिद्ध धार्मीकस्थल गलेश्वरधाम मन्दिरभित्र भजन समुह लिएर आउनेलाई बस्ने ठाउँ फेला पार्न मुस्किल हुने गरेको अवस्थामा अहिले पत्रचार वा जानकारी गराएमात्रै आउने अवस्थामा पुगेकोमा चिन्ता ब्यक्त गर्नुभयो । टुक्का र कथालाई नै भजनमा उर्ताने पुराना कलाकारहरूले महिला समुहसंग सहकार्य गरी मन्दिरमा आउने गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्ध बहादुर कार्कीले बताउनुभयो ।

भजनको पुरानै मार्मिकतालाई निरन्तरता दिन सरकारी निकायबाट कार्यक्रम तथा धार्मिक मन्दिर बीच सहकार्य आवश्यकता रहेको भजनकृतनका सर्जकको भनाई छ । गतबर्ष बालाचर्तुदशी पर्वमा तीन समुह आएकोमा यसबर्ष बेनी नगरपालिकाका साथै पर्वत, बागलुङ र स्याङ्जा जिल्लाबाट गरी ७ समुह मन्दिरमा आएका थिए । धार्मिक क्षेत्रका जानकारले वडास्तरमै भजनकृतन समुह बनाएर यूवालाई प्रशिक्षण दिनुपर्नेमा जोड दिएका छन् ।