१६ वर्षिय छोरीकाे घाटी थिचि हत्या गरेको अभियोगमा आमा पक्राउ

एक १६ वर्षिय किशोरीको हत्या गरेको अभियोगमा महिला पक्राउ परेकी छन् । उनीमाथि किशोरीलाई घाटी थिचेर हत्या गरेको आरोप लागेको छ ।जनकपुरका सोनापडाकी सोनी मण्डलको हत्या आरोप लागेको महिला राजकुमारी देवी किशोरीकी आमा हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सोनी मण्डल र राजकुमारीबीच घरायसी झगडाको क्रममा हत्या भएको खुलेको छ। आमा छोरीको झगडा हुँदा आमामाथि छोरीले आग्लो प्रहार गरेको र आमाले उनकाे घाटी थिच्दा छोरीको मृत्यु भएको प्रहरीले बताए ।आमा छोरीबीच झगडाको सुरुवात छारीले मन पराएको केटासँग बिवाह गर्न खोजेपछि भएको स्थानियको भनाइ छ ।